मेलिना मानन्धर

2015-08-18 10:58

दिपेन्द्र घिमिरे – नायीका मेलिना मानन्धरको रुपले पोखरामा तहल्का मच्चाएको छ । सुन्दर जिउडाल, मिठो बोली बचन साथै राम्रो नृत्यांगना समेत रहेकी नायीका मानन्धरको रुपमा एकजना निर्देशक फिदा भएका हुन् । कुनै समयकी व्यस्त नायीका हालसाल त्यती फिल्ममा देखा परेकी छैनन् । तर केही समयको अन्तरालपछि उनको सुन्दर रुपले पुनः तहल्का मच्याउन थालेपछि उनलाई लिएर फिल्म बनाउन ती निर्देशक राजी भएको बुझिएको छ । तर यो कुनै वास्तविक घटना नभई चर्चित लोक गायीका चन्दा अर्यालको नयाँ तिज गीत “मेरो रुपैले पोखरामा तहल्का मच्यायो”को भिडीयो भित्रको कथा हो ।

रिसी खड्काको लय तथा शब्दमा चन्दा अर्याल अनि भागिरथ चलाउनेको स्वर रहेको उक्त तीज गीतमा नायीका मेलिना मानन्धर अनि गायका तथा मोडल दिनेश थापाको अभिनय रहेको छ । रक्षा म्युजिकले बजारमा ल्याएको उक्त गीतको भिडीयो निर्देशन भने शिव वि.क.ले गरेका हुन् । शम्भु चालिसेले छायांकन गरेको उक्त भिडीयोको सम्पादन भने रविन वि.क.ले गरेका हुन् ।

अघिल्लो वर्ष “मेरो लचक्कै कम्मर” बोलको गीतको भिडीयोमा नायीका झरना थापालाई नचाएकी गायीका चन्दा अर्यालले यसपाली नायीका मेलिना मानन्धरको रुपले तहल्का मच्याउने सोचका साथ भिडीयो बजारमा ल्याएकी छिन् ।

                                                भिडियो हेर्नुहोस्

 

    Comment Here!


सम्बन्धित समाचार