ओली भारतबाट फर्किएपछि पेट्रोलमा १ रुपैयाँ मूल्य बढ्यो, डिजेल र मट्टतिेलमा २–२ रुपैयाँ
2018-04-16 19:45
काठमाडौं । जनताको व्यथा बुझ्ने सरकारको रुपमा हेरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट आएको केही दिन नवित्दै पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २–२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७–८७ रुपैयाँ पुगेको छ ।
Comment Here!