डाक्टर विषयमा अध्ययनका लागि तोकियो शुल्क, अब कति लाग्ने ?

2018-04-16 19:33

काठमाडौ । त्रिविले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी र एमएस’एमडीएसको अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । नयाँ भर्ना शुल्क अन्तर्गत त्रिविले क्लिनिकल तर्फको एमडी,एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको हो । त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गते बसेको वैठकले एमडी,एमएस–एमडीएस तर्फ नयाँ भर्नाका लागि शुल्क २२ तथा बेसिक साइन्सतर्फ १२ लाख तीन हजार, जनस्वास्थ्य तर्फ दश लाख ९१ हजार रुपैयाँ कायम गरेको हो । यसअघि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी–एमएस’एमडीएसको शुल्क २३ लाख हुनु पर्ने माग राख्दै आएका थिए ।

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्डको बैठकले एमडीएमएस–एमडीएसको शुल्क २३ लाख पुर्‍याउन सिफारिस गर्दै आएका थिए । नयाँ भर्ना शुल्क निर्धारण भएसँगै यस वर्ष स्नात्तकोत्तर तहमा भर्ना हुन चाहने विद्यार्थीले तीन वर्ष शैक्षिक कार्यक्रमको हकमा प्रथम किस्ता ५० प्रतिशत भर्नाको समयमा, दोश्रो र तेश्रो किस्ता २५–२५ प्रतिशत क्रमश दोश्रो र तेश्रो वर्षको सुरुवातमा बुझाउन सक्नेछन् । त्यस्तै, दुई वर्षे शैक्षिक कार्यक्रमको हकमा भर्नाको समयमा ५० प्रतिशत र बाकी दोश्रो किस्ता ५० प्रतिशत दोश्रो वर्षको सुरुआतमा बुझाउन सक्नेछन् ।

    Comment Here!


सम्बन्धित समाचार