एकता नचाहानेका लागि बज्यो घण्टी : सबै विवादित विषयमा ओली-दाहाल एकमत

2018-04-16 17:30

काठमाडौ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता नचाहानेका लागि घण्टी बजाएका छन् । सबै विवादित विषयमा ओली-दाहाल एकमत विषयमा अन्योल बढ्दै गएको सूचना बाहिर आएपछि आज भएको ओली दाहाल बार्ताले सो निचोड निकालेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले बिवादित बिषयमा सहमतिकायम गर्दै अन्तिम कामका लागि भोलि विहान ९ बजे एकता संयोजन समितिको बैठक राख्ने निर्णय गरेको छ । आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्ड आज बिहान सिधै बालुवाटार पुगेका थिए ।

दुई नेताबीचको छलफल पछि प्रचण्डले नै कुराकानी सकारात्मक ढंगले अघि बढेको र एकता भाँडन खोज्नेहरुलाईगतिलोजवाफ दिइएको बताए । छलफलले धेरै आशका मेट्ने काम गरेको दुवै पक्षको भनाइ छ । एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताबीच पछिल्ला दिनमा छलफल हुन सकेको थिएन ।

एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिल आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेका हुन् । नेतृत्वस्तरमा छलफल नै हुन नसकेपछि पार्टी एकता अन्योलमा परेको बताइएको थियो । तर आजको छलफलले सवै आशंका दुर गरेको हो । 

पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ । केन्द्रीय समितिमा कति–कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा दुई दल विच कुरा मिल्नबाकि रहेको छ । दैनिकजसो बार्ता नहँदा यी समस्या आएका थिए ।प्रधानमन्त्री ओली र दाहालबीचके दरी बढाउन सक्रिय एमालेरमाओवादी दुवैतिरका केही ब्यक्तिको कारण दुई नेताबीच केही आशंका बढेका थिए ।

    Comment Here!


सम्बन्धित समाचार