प्रचण्डसँगको वार्ता नसकिदै ओलीले बोलाए एमाले स्थायी समिति बैठक

2018-04-16 12:57

काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठक आजका लागि बोलाइएको छ । एमाले–माओवादी पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा अहिले प्रधानमन्त्रीको निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता जारी छ । दुई अध्यक्षबीचको वार्ता सकिएपछि अपरान्ह ५ बजेका लागि एमाले स्थायी समितिको बैकठ बोलाइएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

    Comment Here!


सम्बन्धित समाचार