ट्वाइलेटमा बसेर फलफूल खाने देखि खुला आकाशमुनि नुहाउने यी बलिउड स्टार

2018-04-16 12:12

एजेन्सी । यो संसारका हरेक मानिसहरु आफनै तरिकाले बाच्छ । त्यस्तै आज हामी बलिउडका केहि कलाकारहरुको बानिबारे जानकारी दिन्छौँ । जुन कुरा सुन्दापनि सबैलाई अच्चम्म लाग्न सक्छ ।

बलिउडका अभिनेत्री सुस्मिता सेन खुला आकाशमुनि नुहाउन मन पराउँछिन् । उनले आफ्नो घरको छतमा बाथटब बनाएकी छन् । उनी त्यहीँ नुहाउँछिन् ।उनलाई सर्पप्रति पनि विशेष प्रेम छ ।केही समयअघि सुस्मिताले पाइथन नामक सर्प पालेकी थिइन् ।

अभिनेता जितेन्द्र ट्वाइलेटमा बसेर फलफूल खाने गर्छन् । यो उनको सानैदेखिको बानी हो । उनले अहिलेसम्म सुधार्न सकेका छैनन् । उनको ट्वाइलेटमा दिनहुँँ ताजा फलफूल राखिएको हुन्छ।

अभिनेत्री सन्नी लियोन हरेक १५ मिनेटमा गोडा धुुने गर्छिन् । उनी सुुटिङका क्रममा पनि गोडा धोइरहन्छिन् । उनले बच्चैदेखि आफूले पटक–पटक गोडा धुने गरेको बताएकी छन् ।

बलिउडका बादशाह शाहरुख खानलाई फुटवेयरको एलर्जी छ । त्यसैले उनी हत्तपत्त जुत्ता फुकाल्न चाहँदैनन् । कहिलेकाहीँ त उनी जुत्ता लगाएरै सुत्ने गर्छन् । अभिनेत्री करिना कपुरको नङ टोक्ने बानी छ । उनलाई बच्चैदेखि यो बानी परेको हो । जति कोसिस गरे पनि अहिलेसम्म उनी यो बानीबाट मुक्त हुुन सकेकी छैनन् ।

हलिउड सुपरस्टार ब्राड पिट नुहाउन निकै अल्छी गर्छन् । उनी हप्तामा मुस्किलले एकपटक नुुहाउँछन् । अर्का हलिउड स्टार जोनी डिप हत्तपत्त कपडा फेर्न मन पराउँदैनन् । त्यसकारण उनी कहिलेकाहीँ त हप्तौंसम्म एउटै कपडामा देखिन्छन् ।

    Comment Here!


सम्बन्धित समाचार