यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि महिलाको हत्या

2018-04-16 10:52

काठमाडौ । टोखा–७, वसुन्धरामा गएराति एक महिलाको हत्या गरिएको छ ।ढुंगाले हानेर हत्या गरिएको अवस्थामा सोमबार बिहान महिलाको शव भेटिएको हो । उनको अनुहार ढुंगा प्रहार बाट नचिनिने अवस्थामा पुगेको छ । 

हत्या गर्ने अपराधीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यौन सम्वन्ध राख्न अस्वीकार गरेपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बाँकी अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार