ओली भारतबाट फर्किएपछि पार्टी एकताले लियो अनौठो यूर्टन, माओवादीले लगायो गम्भिर आरोप

2018-04-16 10:58

काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताको मिति जति नजिक आइरहेको छ । घटना र परिस्थितीले ती पार्टीहरुको दुरी त्यति नै टाढा बनिरहेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भारतको भ्रमणबाट फर्किएपछि एकताको विषयले अनौठो यूर्टन लिएको छ । पद भागवण्डाका लागि आइतबार बस्ने भनिएको उच्च तहको बैठक एक्कासी स्थगित भयो । बैठक स्थगित गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे बिच पुगे ।

त्यहाँबाट माओवादी शीर्षस्थ नेताहरुले ओलीलाई गम्भिर आरोप लगाएका छन् । उनीहरुले ओलीको राष्ट्रवाद पोखिएको, माधव नेपालपनि पिध नभएको लोहोटा भएका कारण अब एकता त्यति सहज नभएको बताएका छन् । यो माओवादीको निश्कर्षपछि एमालेमा खैलाबैला भएको छ । माओवादीले पार्टी एकताका लागि पार्टी भित्र बराबर भागवण्डा हुनुपर्ने माग अघि सारेका छन् । त्यसो नभए एकता नहुने स्पष्ट अडान छ ।

उनीहरुको अडानका कारण ओली मौन छन् । ओलीको मौनतालाई एमालेले पार्टी एकता गर्न नचाहेको अर्थ लगाइएको छ । ओलीले माओवादीलाई एकता गर्न नखोजी बिलय गराउन खोजेका कारण अब एकताको सफलता हुन नसक्नेमा माओवादीको आशंका छ । यता एमाले नेता माधबकुमार नेपाललेपनि यही मौकाम चलखेल गरिरहेका छन् । माओवादी नेताहरुले एकतापछि तपाईलाई नै अध्यक्ष बनाउने भन्ने गुलियो बचन पाएपछि नेपालले माओवादीका नेताहरुसँग छलफल अघि बढाएका छन् । एमालेभित्रपनि दुई खेमा विभाजनले अब एकता संकटमा पर्ने हो की भन्ने आँकलन गरिएको छ । यद्यपी आज ओली र प्रचण्डबीच छलफल हुनेछ । यो छलफलको निश्कर्ष नै अन्तिम हुनेछ ।

    Comment Here!


सम्बन्धित समाचार