किन मनाईन्छ आजको दिन मातातीर्थ औंसी ?

2018-04-16 08:57

काठमाडौ । आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । सबै तिर आमालाई मीठामीठा परिकार तथा विभिन्न उपहार दिएर खुशी पारी मनाइँदैछ ।

आजको दिनलाई आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद लिने दिनका रूपमा लिइन्छ । यस पर्वलाई नेपालीहरुले मातातीर्थ औँसी अर्थात् मातृऔंसीका रुपमा समेत मनाउँछन् । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने र मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । 

आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोटस्थित मातातीर्थमा मेला लाग्ने गर्दछ । आमा नहुनेहरु आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्दछन् ।

    Comment Here!


सम्बन्धित समाचार