स्विमिङ गर्ने कममा एकको मृत्यु

2018-04-15 14:56

झापा । झापाको बिर्तामोड नगरपालिका – ५ कन्काई कलेजमा रहेको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका – ९ निवासी २४ वर्षीय दिपक बस्नेतको शनिबार दिउँसो स्विमिङ पुलमा डुवेर मृत्यु भएको हो । 

दिउँसो स्विमिङ गर्न आएका उनी स्विमिङ गर्ने क्रममा डुवेका थिए ।वस्नेत डुवेको स्थानीयले थाहा पाएर उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटल पु¥याएपनि उनको अस्पताल प¥याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार