जो जो पेट्रोल भएर हिड्छन तिनका लागी…[साझ ]अनुप जोरा

2018-04-15 11:15

जो जो पेट्रोल भएर हिड्छन तिनका लागी,
सलाई भैदिउ झै लाग्छ एक छिनका लागी।।

पखेटाको साहाराले उडि रहेथ्यो आकाशमा
अनत्यमा खुट्टा नै चाहियो जमिनका लागी।।
सलाई भैदिउ झै लाग्छ एक छिनका लागी।।

यस समय मलाई यस्तो खुशी बारम्बार नपठा,
चिठ्ठी पठाए जस्तो दृष्टि विहिनका लागी।।
सलाई भैदिउ झै लाग्छ एक छिनका लागी।।

आफनो पहिचान कायम राख्न काफि भैदिन्छ,

अध्यारोको एउटा दुश्मनी लाल्टिनका लागी।।
सलाई भैदिउ झै लाग्छ एक छीनका लागी।।

कोही घाम सँग अज्मबरी प्यार गर्न लगाउन्छन,
मलाई दिएर वरफको मन केही दिनका लागी।।
सलाई भै दिउ झै लाग्छ एक छिनका लागी ।। 

    Comment Here!


सम्बन्धित समाचार