नाबालिका सालीलाई पटक पटक बलात्कार गर्ने भिनाजु पक्राउ

2018-04-15 11:02

काठमाडौ । नाबालिका सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीय साली बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घलेले गत वैशाखदेखि फागुनसम्ममा ती किशोरीलाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए छ । 

    Comment Here!


सम्बन्धित समाचार