आइपीएलमा फेरि पनि दिल्लीनै हार ब्यहोरेको छ

2018-04-12 22:12

एजेन्सी । दिल्लीको लगातार दोस्रो हार, घरेलु मैदानमा राजस्थान विजयी इन्डियन प्रिमियर लिग ९आइपीएल० मा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार पनि ब्यहोरेको छ। लिग अन्तर्गत बुधबार भएको खेलमा दिल्ली राजस्थान रोयल्ससँग डीएल मेथडमा १० रनले पराजित भयो।

दिल्ली पहिलो खेलमा पञ्जावसँग पाराजित भएको थियो। उता पहिलो खेलमा सनराइजर्ससँग पराजित भएको राजस्थानको यो पहिलो जित हो।वर्षाका कारण प्रभावित खेलमा दिल्लीले जितका लागि ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो। तर ४ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १७।५ ओभरमा ५ विकेट गुमाएर १५३ रन बनाएको थियो।

ग्लेन म्याक्सवेल र कोलिन मनरोले ओपनिङ गरे पनि मनरो पहिलो बलमै आउट भएपछि दिल्लीलाई झड्का लाग्यो। नियमित ओपनर गौतम गम्भीरको स्थानमा ओपनिङ गरेका म्याक्सवेलले १२ बलमा २ चौका र १ छक्काको मद्दतमा १७ रन बनाए।रिसव पन्तले १४ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडे। क्रिस मोरिसले ७ बल खेल्दै २ छक्का र १ चौकाको मद्दतमा नटआउट १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन। 

बलिङमा बेन लायडिनले २ र जयदेव उनादकाटले १ विकेट लिए। त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली राजस्थानले १७।५ ओभरमा ५ विकेट गुमाएर १५३ रन बनाउँदा पानीले खेल प्रभावित बनेको थियो।राजस्थानका लागि अजिन्का रहानले सर्वाधिक ४५ रन बनाए। यस्तै सन्जु सामसनले २२ बलमा ३७ तथा जोस बटलरले १८ बलमा २९ रन जोडे। दुबैले समान २ चौका र २ छक्का प्रहार गरे। बलिङमा सहबाज नदिमले २ विकेट लिएका हुन।

    Comment Here!


सम्बन्धित समाचार