यसकारण खेल्न पाएनन् सन्दिपले आइपिएलको पहिलो खेल ?

2018-04-08 16:53

काठमाडौ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने खबर आएको छन् । दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेल्दै छ । तर उनी आज मैदान उत्रिने खेलाडीको सूचिमा छैनन् ।

दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।

सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् । दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ । सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले पनि आजको खेल खेल्ने छैनन् । 

पञ्जावविरुद्ध मैदान उत्रिने दिल्लीको टिम  :
गौतम गम्भिर (कप्तान), कोलिन, मुन्रोराउल, तेवतियाऋषभ ,पन्तश्रेयर ,अय्यरक्रिश, मोरिशविजय, शंकरअमित, मिश्रमोहमद, शामीट्रेन्ठ, बोल्टडेनियल, क्रिश्चियन

    Comment Here!


सम्बन्धित समाचार