११ वर्ष पछि यो बर्षको अक्षय तृतीया बन्दैछ यस्तो महासंयोग, प्राप्त हुनेछ सुख–समृद्धि

2018-04-08 15:30

एजेन्सी । वैशाख महिना शुक्ल पक्षको तृतीया तिथिमा अक्षय तृतीया रहेको छ । पौराणिक ग्रन्थको अनुसार ‘अक्षय’ को अर्थ हुन्छ क्षय नहोस अर्थात फल नष्ट नहोस । अक्षय तृतीयामा गरिने कार्य वा दान(पुण्य व्यर्थ जादैन भन्ने मान्यता रहेको छ । अतः हामीले कुनैपनि शुभ कामको लागी यही दिन छान्नुपर्दछ । यो शुभ दिन सबै कार्यलाई शुभ फल दिने गर्दछ । यो तिथि यस वर्षको १८ अप्रिल बुधवार परेको छ । मान्‍यता अनुसार यस दिन विवाह गर्ने दम्पतीलाई सौभाग्य प्राप्त हुने गर्दछ ।

अक्षय तृतीयाको दिन मांगलिक कार्य, विवाह, गृह निर्माण, गृह प्रवेश, देव प्रतिष्ठा, व्यापार आरम्भ आदिको शुभ मुहूर्त हो । यसको अलावा व्यापारको लागी यो दिन विशेष रहनेछ । यस पटक ११ वर्ष पछि अक्षय तृतीयामा २४ घण्टाको सर्वार्थसिद्धि योगको महासंयोग बनेको छ । मांगलिक कार्यको लागी यो समय निकै बिशेष रहनेछ । १८ अप्रिलमा तृतीया तिथि बिहान ५ बजेर १ मिनेटमा शुरु भएर रातीको ३ बजेर १८ मिनेटसम्म रहनेछ । यसमा दिनभर कुनैपनि शुभ कार्य सम्पन्न गर्न सकिन्छ । सर्वार्थसिद्धि योगको महासंयोगमा आउने अक्षय तृतीयाले अपार सुख–समृद्धि ल्याउने छ ।

    Comment Here!


सम्बन्धित समाचार