आध्यात्मिक सुख नै वास्तविक सुख

2018-04-08 11:17

काठमाडौ । भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुखप्राप्तिका लागि आध्यात्मिक अभ्यास गराउनुपर्नेमा जोड दिइएको छ ।

विश्वशान्ति तथा अध्यात्म विकास समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र नागरिक समाज नीति तथा प्रशिक्षण विभागले शनिबार संयुक्तरुपमा आयोजना गरेको पत्रकार भीमसेन सापकोटाको ‘सुख सुत्र’ पुस्तक विमोचन समारोहमा वक्ताले मानिस सुखी नभई समृद्धि प्राप्त हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मानसिक शान्ति स्थापना गर्ने अभियन्तालाई देशभर खटाउन सम्बन्धित सरकारी अधिकारीलाई अनुरोध गर्ने प्रतिबद्धता जनाउनुभयो ।आध्यात्मिक अभियन्ता चिन्तामणि योगीले नेपालमा सुख भए पनि सुविधा नभएको बताउनुभयो ।

कार्यक्रममा वाल्मीकि विद्यापिठका सहप्राध्यापक श्रीराम सापकोटा, पत्रकार स्वागत नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल, च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, रक्षा नेपाली, अध्यक्ष मेनुका थापा, साहित्यकार युवराज नयाँघरे, नागरिक समाजका निगम हुमागाईं र विदुरप्रसाद सापकोटाले मानिस आफूले आफैँलाई नचिनेर दुुःखी हुने गरेको धारणा राख्नुभयो । 

एक दशकअघिदेखि अष्ट्रेलियामा रहेर पत्रकारिता र साहित्य सिर्जनका साथै आध्यात्मिक अभियानमा सक्रिय सापकोटा, आचार्य राजन शर्माको नामबाट समेत परिचित हुनुहुन्छ ।उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उपाध्यक्ष हुनुहुन्छ । सापकोटाले १८ देशका २५ शहरमा योग, ध्यानलगायत आध्यात्मिक अभ्यास गराइरहनुभएको सो अवसरमा जानकारी गराउनुभयो । रासस

    Comment Here!


सम्बन्धित समाचार