जान्नुहोस् : पुस्तक नै हो सफलताको मन्त्र ! [ सफल शैक्षिक ब्यबसायी शेषराज भट्टराई ]

2018-03-25 11:32

शेषराज भट्टराई शैक्षिक ब्यबसायी हुन । नेपालको प्रतिष्ठित शैक्षिक सस्था अर्बिट इन्टरनेशनल एजुकेसनका संचालक भट्टराई बौद्दिक ब्यक्तित्वको रुपमा पनि चिनिन्छन । आम संचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका भट्टराई हाल अङ्रेजी बिषयमा एम.फिल. गर्दैछन । साहित्य र पुस्तकमा अत्याधिक रुची राख्ने भट्टराईसँग समृद्धा केसीले यसै सेरोफेरोमा गरेको कुराकानी…

अहिले कुन पुस्तक पढिरहनुभएको छ ?
भारतीय रिजर्व बैंक का पूर्व गभर्नर रघुराम राजनको ‘ आइ डु व्हाट आइ डु ‘ र दयारामभक्त्त माथेमाको ‘अनुभब र अनुभुति’ पढ्दैछु ।

कुन विधाका पुस्तक वढी रुचाउनुहुन्छ ?
म यो नै बिधा भनेर पुस्तक पढ्दिन । ‘नन फिक्सन’ मेरो प्राय प्राथमिकतामा रहन्छ । तर फिक्सन , आध्यात्म र दर्शन , समाज बिज्ञान , कुटनितीसँग सम्बन्धित पुस्तक मेरा लागी प्रियकर हुन्छन ।

ओशोका पुस्तक त म दिनहु पढ़नेगर्छु ।
पुस्तक किन पढ्ने ?
पुस्तक मेरो लागी असल मित्र हो । मेरो सुख र दुःखको साथी हो । अझ तनावमा पुस्तक पढ्न मन पराउछु। जीवन र समाज लाई बुझ्न होस या बदलिदो आर्थिक सामाजिक व्यवस्थालाई नियाल्न पुस्तकले मद्दत पूर्याउछ ।

पुस्तक छनोट कसरी गर्नुहुन्छ ?
पुस्तक को लागी बिभिन्न माध्यमबाट आउने जानकारीलाई ‘फलो’ गर्छु । बिभिन्न अखबारका समीक्षा र न्युयोर्क टाइम्स बेस्ट सेलर लिस्ट पनि पुस्तक किन्ने अर्को आधार हो ।

कुन उमेरमा बढी पढ्नुभयो ?
मैले क्याम्पस जीवन ताका बढी पुस्तक पढेको छु । त्यस ताका मैले काठमाण्डौका बिभिन्न पुस्तकालय , इण्डियन लाईब्रेरी , अमेरिकन लाईब्रेरीमा दैनिक धेरै घण्टा बिताएको थिए । म जर्ज मार्टिनले भनेको ुजसले पुस्तक पढ्छ, उसले मर्नुभन्दा अघि हजार जीवन बाँचेको हुन्छ भने जसले पढ्दैन, उसले केवल एक मात्र जीवन बाँचेको हुन्छ ।ु भन्ने भनाईबाट निक्कै प्रेरित थिए ।

चेखव र मोपासाँका कथाहरू, दोस्तोएब्स्कीको उपन्यास ‘क्राइम एन्ड पनिसमेन्ट’ मैले रसियन कल्चरको लाइब्रेरीमा पढ़ेको हो ।

पुस्तक खरीदमा मासिक कती पैसा खर्च गर्नु हुन्छ ?
पुस्तक किन्नु त लगानी गर्नु हो , यसको रिटर्न अथाहा ज्ञान आर्जन हो । म आफु समय पाउनेबित्तिकै किताबमा झुन्डिन मन पराउछु ।

यति नै भन्ने त छैन, तर क़रीब ७,८ वर्ष यता मैले अख़बार र पुस्तकमा निकै पैसा लगानी गरेको छु। ईकोनोमिस्ट , टाइम, फ़ोर्ब्स, इंडिया टुडे, फर्चुन , टाईम्स अफ इण्डियाको म वार्षिक पाठक हु । त्यसबाहेक नियमित पुस्तकमा राम्रै लगानी छ ।

तपाईको बिचारमा ब्यबसायीले पढ्नुपर्ने पुस्तक ?
ब्यबसायीले पुस्तक अनिबार्य पढ्नुपर्छ । बिभिन्न बिधा र बिषय बस्तुसँग गहिरो लगाब हुनुपर्छ । सकरात्मक सोच , बिभिन्न सफल र प्रभाबशाली ब्यक्तित्वहरुको आत्मबृतान्त पढ्नुपर्छ । ग्लोबल ट्रेण्ड , कुटनिती , बिश्वबजारसँग सम्बन्धित पुस्तकहरु पढेको राम्रो हो ।

किताब पढ्ने रुची कहिले देखी सुरु भयो ?
( झापा मा कक्षा ५,६ पढ्दै गर्दा घरमा भएका युबामन्च , मधुपर्क , गोरखापत्र पढ्ने गर्थे । बिस्तारै ईन्डियाबाट प्रकाशित हुने सरस सलिल ,आउट लूक , ईन्डिया टूडे जस्ता अखबार पढ्न थाले । ९–१० कक्षामा पुग्दा त मैले प्रेमचन्द , हरिबंशराय बच्चन , लु सूनका कथा, टी एस एलिओट ,बिपीको आत्मवृत्तान्त, शंकर लामिछनेको साहित्यहरु पढिसकेको थिए ।

    Comment Here!


सम्बन्धित समाचार