सिङ्गल भनिएका सलिनको प्रेम यी १० वटा तस्विरले छताछुल्ल बनाईदियो [फोटोफिचर]

2018-02-12 21:15

नेपाली सिने उद्योगमा डेब्यु गरेका धेरै नायकहरु सफलताको लागि संघर्षमै छन भने केही त पलायन समेत छन् । तर डेब्यु फिल्म ‘ए मेरो हजुर-२’ रिलिज अघि नै युवापुस्ता माझ निकै लोकप्रिय बनेका सलिनमान बनिया फिल्म रिलिज पछि त सफल नायकको नै दर्जा पाए । तर उनको डेब्यु फिल्म पछि फिल्मी नगरिमा चहलपहल देखिदैन । यद्यपि उनको विभिन्न खबरका साथ मिडियामा भने छाईरहेका छन् ।

केही समय अघि कपडाको अनलाइन पसल सुरु गरे भनेर चर्चामा आएका उनको बारे फिल्म रिजेक्ट गर्दै बसेको भन्ने खबर पनि बाहिर आयो । ‘ए मेरो हजुर-२’ पछि अफर आएका धेरै फिल्मलाई उनले अस्विकार गरे । उनको चकलेटी अनुहार, फेसनेवल पहिरन र हेयर स्टाईलले उनी युवापुस्ता अझ भनौ युवतिमाझ निकै लोकप्रिय छन् । यसै बिच उनको युवती फ्यानहरुको लागि निरास पार्ने खबर बाहिरिएको छ ।

फिल्म ‘ए मेरो हजुर-२’ को प्रोमोसनका बेला मिडियामा आफू सिङ्गल भएको बताउने उनले आफ्नो प्रेमिका सार्बजनिक गरेका छन् । उनले यसबारेमा केही नबोले पनी केही दिन अघि उनले आफ्नो अफिसियल ईन्स्टाग्रामबाट सार्बजनिक गरेको तस्बिर र त्यहा लेखिएका स्टाटसले बताउछ । त्यहाँ उनले एक युवती संगैका तस्बिर सार्बजनिक गरेका छन् । उक्त युवतिको नाम अस्प्रिना जिन्हा श्रेष्ठ हो । अस्प्रीनाले पनि सलिन संग सेल्फी सहितको तस्बिर सार्बजनिक गरेपछी उनिहरु प्रेममा रहेका छन् भनेर बुझ्न सकिन्छ ।

आफ्नो प्रेमिका अस्प्रीनाको जन्मदिनको अवसरमा सलिनले ईन्स्टाग्राममा ‘जमदिनको सुभकामना माया, तिमी मेरो जिवनको सबैभन्दा राम्रो चिज’ भन्दै ३ तस्बिर सार्बजनिक गरेका हुन् । यता अस्प्रिनाले पनि आफ्नो आधिकारिक इन्स्टाग्राममा सलिनलाई ‘मेरो प्रेम’ उपहारको लागि भन्दै धन्यवाद दिएकी छिन् । अस्प्रीना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् । सलिनको प्रेम यसरी औपचारिक रुपमा सार्बजनिक भए संगै उनका लाखौ युवती फ्यानहरु निराश भने पक्कै भएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार