यी उनै १५ वर्षको उमेरमा रामायणमा सिता बनेकी दीपिका चिखलिया अहिले यस्ती देखिन्छिन !

2018-02-12 19:13

सन १९८७ मा भारतीय टेलिभिजनमा सुरु भएको रामानन्द सागरको “रामायण” चलचित्र भारतमा मात्रै नभएर नेपालमा समेत धेरैको मनमा राम्रो ठाउँ बनाएको थियो ! लाखौं मानिसहरु यस पौराणिक धारावाहिक मन पराउने गर्दथे ! यस धरावाहिको विशेष महत्व यसमा अभिनय गर्ने कलाकारहरुको रामायणको कथा भन्दा धेरै थियो !

विभिन्न किसिमको भूमिका, काल खण्ड सहित बनेको यो एक विशाल पौराणिक धरवाहिमा सिताको रोल निभाउदै थिईन दीपिका चिखलिया ! दीपिकाले यस धरावाहिमा सीताको भूमिका वास्तविक सितनै होलिन जसरि निर्वाह गरेकी थिइन !

तपाईले थाहा पाएर अचम्म पर्नुहोला “सिताको रोल निर्वाह गर्ने यी दिपिका चिखलिया रामायणको सुटिंग हुँदा त्यो बेला जम्मा १५ बर्षकी थिईन ! उनलाई रामायण बाट त्यति सफलता मिल्छ भन्ने विश्वास भने थिएन जति सफलता उनले रामायण पुरा भएपछी पाइन् !

रामायण पछी दिपिका भारतीय सिनेमा क्षेत्रमा खास्सै जम्न सकिनिन, रामायण पश्चात उनले १/२ ओटा फिल्ममा काम गरेर गाएवनै भएकी थिईन ! यस आधुनिक दुनियाको रंगी विरंगी चलचित्रमा रमाई रहेका धेरै दर्शकहरुले दिपिकालाइ बिर्सीसकेका छन् !

रामायण पुरा भयो सफलता सोचे भन्दा धेरै मिल्यो तर रामाय बाहेक अन्य क्षेत्रम खास्सै सफलता हातपार्न नसके पछी दिपिकाले एक कस्मेटिक कम्पनिका मालिक हेमन्त टोपीवाला नामक एक व्यापारी संग विहे गरिन ! आजभोली आफ्नै कम्पनीको रिसर्च अथवा मार्केटिंग टिमको हेड भएर काम गर्दै छिन ! अहिले उनका दुइ छोरीहरु छन् निधि टोपीवाला र जुही टोपीवाला ! दिपिका भन्छिन “मेरो पुरै ध्यान आफ्नो छोरीहरुमा छन् र म सबै समय यिनीहरुलाईनै दिन चाहान्छु’ !

स्मरण रहोस:, दिपिकालाइ तत्कालिन भारतीय प्रधानमन्त्रि राजीव गांधीले सम्मान समेत गरेका थिए ! उनले एक अन्तर्वातामा भनेकी थिइन “मलाई गाउँका अथवा सहरकै धार्मिक व्यक्तिहरुले सिता माता भनेर खुट्टा छुने गर्दछन” “उनीहरुले वास्तवमै सिता सोच्ने गरेको उनले भनेकी थिईन”

    Comment Here!


सम्बन्धित समाचार