एउटै मात्र खुट्टा भएपनि नाँचेर नाम कमाएकी निलमलाई प्रेम दिवसकै दिन श्रीमानले दिए छोडपत्र

2018-02-12 18:31

काठमाडौं । चर्चित नृत्याङ्गना निलम ढुंगानाको पतिसँग सम्बन्ध बिच्छेद भएको छ । एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर निलमले देश विदेशमा ख्याती कमाएकी छिन् । संयोग पनि कस्तो परेको छ भने प्रणय दिवसको सेरोफेरोमा निलमको जोडी बिच्छेदमा पुगेको छ ।निलम र उनका पति बलराम बस्नेतबीचको १० बर्ष लामो बैबाहिक सम्बन्ध तोडिएको हो । उनीहरुको एक छोरी छन् ।

निलम ६ महिनाकी छोरीसहित अहिले माइतीमा बस्दै आएकी उनी निकट एक कलाकारले जानकारी दिए । निकट स्रोतका अनुसार सम्बन्ध विच्छेदका लागि निलमको जिल्ला अदालत मोरङमा निवेदन परेको थियो ।

निलमले अदालतमा पेस गरेको निवेदनमा सम्बन्ध बिच्छेद गर्न पर्नुका कारणबारे यी विवरणहरू खुलाएकी छन्ः
आफु कलाकारिताको सिलसिलामा बाहिरी समाजसंग घुलमिल हुन आवश्यक रहेको तर आफ्नो श्रीमानको अत्यन्तै शंका गर्ने बानी र संकिर्ण सोच भएको कारण साधारण कुराहरुमा समेत आफ्नो गम्भीर रुपमा अपमान हुने ब्यबाहार गरेको उनको आरोप छ । श्रीमानले आफुलाई काम गर्न नदिएको, अनावश्यक दवाव संगै मानसिक तनाव दिएको र घर निकाला गरेको साथै विभिन्न तरिकाबाट धम्क्याउने गरेको, पतिको गलत रवैया र व्यवहारका कारण ज्यान जोखिममा रहेको, लगायतका आरोप निलमले पतिमाथि लगाएकी छन ।

    Comment Here!


सम्बन्धित समाचार