अवोध किशोरी अवस्थामै स्कुलबाटै खोसेर लगिन्थ्यो माओवादी युद्धमा !

2018-01-23 13:24

काठमाडाैं । वि.सं. २०५३ मा १२ वर्षकी थिइन्, उनी। मुलुकमा तत्कालीन नेकपा माओवादीको जनयुद्ध शुरू भएकाे एक वर्ष भएकाे थियाे। उनमा माअाेवादी जनयुद्धकाे राप र तापले त्यति बेलै छाेइसकेकाे थियाे। वि.सं. २०६२/०६३ को जनआन्दोलनसँगै लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको एक दशक पूरा हुँदा उनी ३४ मा पुगेकी छिन्। हाे, १३ वर्षकै उमेरमा नेपाली समाजमा समतामूलक परिवेश निर्माण र समानता स्थापना गर्न जनयुद्धमा हाेमिएकाे अरुणा रायमाझीकाे जीवनकथा अत्यन्तै प्रेरणादायी छ।

यो बीचमा मुलुकमा एकतात्मक राज्य प्रणाली ढल्यो। मुलुकमा गणतन्त्र स्थापना भयो। राजाको बहिर्गमनपछि मुलुकमा राष्ट्रपति व्यवस्था लागू भयो। कार्यकारी प्रधानमन्त्री। मुलुकमा व्यवस्था फेरिए पनि अवस्था भने फेरिएन। र, अब मलुकमा आर्थिक क्रान्तिका लागि नेतृत्व हस्तान्तरणको बेला आएको महसुस गर्छिन्, रायमाझी।

१३ वर्षकै उमेरमा अर्घाखाँचीस्थित शान्ति माविमा अध्ययन गर्दागर्दै नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिएकी अरुणाकाे यात्रा अनवरत रहिरह्यो। र, अहिले पनि उनी राजनीतिमा सक्रिय छिन्, नयाँ शक्ति पार्टी नेपाल महाधिवेशन आयोजक केन्द्रीय कार्यकारी सदस्य तथा केन्द्रीय प्रचार विभाग सहसंयोजकको जिम्मेवारीमा।

‘हिजो जनयुद्धको आवश्यकता थियो। भयो पनि, र राजनीतिक परिवर्तन भइसक्यो,’ उनी भन्छिन्, ‘अब युवा नेतृत्वमार्फत् मुलुकमा आर्थिक क्रान्तिकाे अावश्यकता छ।’ उनी अहिले सशस्त्र जनयुद्धको सपना देख्दिनन्। बरू विकास र समृद्धिको सपना देख्छिन्।

सपना साकार गर्न अब राजनीतिक नेतृत्वको पुस्ता हस्तान्तरण गर्नुपर्ने निचोडमा पुगेकी रायमाझी भन्छिन्, ‘युवा पंक्ति टायर बाल्ने र आन्दोलनका निम्ति प्रयोग हुने होइन अब सृजनात्मक कार्यमा लाग्नुपर्छ, लगनशील हुनुपर्छ।

आर्थिक क्रान्ति र समृद्धिका कुरा गर्दा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धलाई सही ठान्छिन् उनी। ‘माओवादी जनयुद्धको बलमा २०६२/०६३ को जनआन्दोलनबाट एकात्मक राज्यसत्ता मात्र ढलेन,’ उनी भन्छिन्, ‘मलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, जनताका छोराछाेरी मुलुकका राष्ट्रपति भए।’

उमेर कम हुँदा गिरप्तारीबाट बँचियो

वि.सं. २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध थालेपछि अर्घाखाँचीको अर्घा पनि त्यसबाट अछुतो हुन सकेन। २०५४ तिर माओवादीको जनकारबाही, जनअभियान तीव्र रुपमा अघि बढिरहँदा अरुणा स्थानीय शान्ति माविमा कक्षा ९ मा पढ्थिन्। शाहीसत्ताकाे ज्यादतीले गाउँले आजित त थिए नै, शिक्षकहरू पनि माओवादी अभियानलाई भित्रभित्रै साथ दिइरहेका थिए।

अरुणालाई राजनीति थाहा थिएन। तर, गाउँघरमा दुःख दिने साहुमहाजनलाई माओवादीले गरेको कारवाही होस् वा जुवातासविरुद्धको अभियान, अरुणालाई छोयो। उनी पनि माओवादीको अभियानमा सरिक हुन थालिन्। गाउँघरमा हुने अभियानमा सक्रिय भर्इ पर्चापम्पलेट वितरण गर्न थालिन्।

पारिवारिक समस्याका कारण स्कूल परिवर्तन गर्नुपर्यो। एक वर्ष अर्घा रासीचौर माविमा पढेकी अरुणा एसएसली दिन शान्ति माविमै फर्किइन्। तर, एसएलसीताका तत्कालीन सरकारले उनलाई ‘नजरबन्द’ राख्यो।

घरदेखि टाढा भएकाले एसएलसी दिनका लागि होस्टलमा बस्नु पर्यो उनीलाई। प्रहरीले अरुणालाई बेलुका ५ बजेदेखि बिहानसम्म होस्टल बाहिर निस्किन निषेध गर्याे। ‘त्यतिबेला मलाई त नजरबन्दमा राखिएको रहेछ, अहिले पो थाहा पाइयो,’ विगत स्मरण गर्दै अरुणा भन्छिन्, ‘प्रहरीले यातना दिइरहन्थ्यो।’ त्यसपछि एसएलसी परीक्षा सकेर पार्टीको जिम्मेवारी पूरा गर्न उनी लागि गुल्मी हिँडिन्।

यसअघि, उनी २०५४ सालमै अगुवा अभियानमा हिँडेकी थिइन्। सांस्कृतिक कार्यक्रममार्फत् सचेतता प्रदान गर्ने मुख्य एजेण्डा थियो। तर, वैशाख महिनाताका कार्यक्रम भइरहँदा अभियानमा गएका ३६ जना गिरप्तारीमा परे। उनी भने गिरप्तार हुन बाट बँचिन्। अरुणाको उमेर कम भएकाले उनी जाेगिइन्। कुरा २०५४ सालको हो। त्यतिबेला उनी १४ वर्षकी थिइन्।

अरुणाका बुवाआमाको पेशा कृषि थियो। नृपबहादुर खड्का र मीना खड्काकी कान्छी छाेरी हुन्, अरुणा। एसएलसी दिएपछि अरुणालाई पार्टीले गुल्मी सरुवा गर्यो। त्यतिबेला उनी कार्यकर्ता होइन, नेता भइसकेकी थिइन्।

गुल्म्मी पश्चात बुटवल गएकी अरुणा बुटवल बहुमुखी क्याम्पसमा भर्ना भइन्। तर, पढाईभन्दा राजनीतिमा लगाव थियो। पूर्णकालीन माअाेवादी कार्यकर्ताको रुपमा रहेकी अरुणा प्रशिक्षण दिन्थिन्। संगठन निर्माणमा सक्रिय रहन्थिन्।

भारतमा करिब तीन वर्ष बसिन्, बाबुराम र हिसिलाको सचिवालयमा। बेलाबेला नेताहरूसँग नेपाल पनि फर्किन्थिन्। नेतृत्वहरू बैठकमा आउँदा उनी पनिसँगै आउँथिइन्। तत्कालीन सरकारसँग माओवादीले वार्ता गर्ने भयो।

गोरखपुरमा बाबुरामलाई भेट्दा

मुलुकमा माओवादी जनयुद्ध चर्किरहेका बेला तत्कालीन सरकारले जवाफी कारबाहीको घोषणा गरेको थियो। गाउँगाउँमा माओवादी अभियान सक्रिय हुँदै गएको थियो। सोही बेला २०५७ मा अरुणाले माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईलाई भेटिन् भारतको गोरखपुरमा।

‘उहाँको फोटो मात्र देखेको थिए। तर, गोरखपुरमा भेटेँ,’ उनले भनिन्। उनलाई डा. भट्टराईको सचिवालयमा काम गर्ने गरी पार्टीले पठाएको थियो। उनी भारत गएकी थिइन्। भारतमा करिब तीन वर्ष बसिन्, बाबुराम र हिसिलाको सचिवालयमा। बेलाबेला नेताहरूसँग नेपाल पनि फर्किन्थिन्। नेतृत्वहरू बैठकमा आउँदा उनी पनिसँगै आउँथिइन्। तत्कालीन सरकारसँग माओवादीले वार्ता गर्ने भयो।

वि.सं. २०५९ माघ १५ देखि २०६० भदौ १० सम्म सरकारसँग वार्ता भयो। यद्यपि, उक्त वार्ता असफल भयो। त्यो बेला माओवादी नेता डा.बाबुराम नेपाल फर्किएपछि अरुणा पनि आइन्। नेपाल पर्किएछि अरुणा २०६० मा गृहजिल्ला अर्घाखाँची लागिन्। ‘केन्द्रीय कार्यालय आफैमा केन्द्र थियो, तर, मलाई जनताको बीचमा काम गर्ने रहर जाग्यो, अनि सरुवा मागेर अर्घाखाँची गएँ,’ उनी सम्झिन्छिन्।

पम्फाले रोल्पा बोलाउँदा

काठमाडौंबाट अर्घाखाँची पुगेकी अरुणा गृहजिल्ला धेरै समय बसिनन्। उनलाई अर्घाखाँचीबाट जनप्रतिरोध अभियानका लागि रोल्पा बोलावट भयो। माओवादीको विशेष क्षेत्र सहसंयोजक रहेकी पम्फा भूषालले रोल्पा बोलाएपछि उनी त्यतै लागिन्।

पम्फाले उनलाई रेडियोमा काम गर्ने प्रस्ताव राखिन्। त्यो बेलाको कुरा सम्झिँदै उनी भन्छिन्, ‘मलाई पत्रकार बनाउने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषाल दिदी हो, मैले सोचेको पनि थिइन्, यो क्षेत्रमा अहिलेसम्म काम गर्छु भनेर।’

रेडियो यात्रा

तत्कालीन माओवादी जनयुद्धमा सञ्चारमाध्यम न्यून थिए। रेडियो नेपालमा सरकारको आधिकारीक सूचना सम्प्रेषण हुन्थ्याे भने निजीस्तरबाट सञ्चालित मिडियालाई ‘सेन्सरसीप’ लागेको थियो।

माओवादीले रुकुमको तीनबहिनी लेखमा रेडियो जनगणतन्त्र सञ्चालनमा ल्यायो। पाँच जनाको टिमले एफएम शुरु गर्दा सचिन रोक्का समाचार संयोजक (अहिले नेपाल टेलिभिजनको प्रबन्ध निर्देशक) थिए भने अरुणा पनि समाचार टिममै थिइन्। वि.सं. २०६० भदौ २३ गते प्रचण्डले एक सन्देशमार्फत रेडियोको उद्घाटन गरेका थिए।

रेडियो जनगणतन्त्र नेपालले क्रान्तिकारी गीत मात्रै बजाउँदैथ्यो। पार्टीको समाचार सम्प्रेषण गर्थ्याे। त्यसअघि उनी जाजरकोट गएकी थिइन् माओवादीले पत्रकारलाई प्रशिक्षण दिने भएपछि। तर, सेनाले चाल पाएपछि तालिम स्थगन भयो।

२०६२/०६३ को जनआन्दोलनसँगै तत्कालीन राजा ज्ञानेन्द्रले घुँडा टेके। मलुक गणतन्त्रमा प्रवेश गर्यो। अरुणा लागिन्, पश्चिमाञ्चल एफएममा। पाल्पामा रहँदा उनी समाचार प्रमुख र पार्टी कमिटीको संयोजकको रुपमा काम गरिन्।

पम्फाले उनलाई रेडियोमा काम गर्ने प्रस्ताव राखिन्। त्यो बेलाको कुरा सम्झिँदै उनी भन्छिन्, ‘मलाई पत्रकार बनाउने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषाल दिदी हो, मैले सोचेको पनि थिइन्, यो क्षेत्रमा अहिलेसम्म काम गर्छु भनेर।’

गर्भमा बच्चा, एक महिना पैदल यात्रा

जीवन यात्रा हो। यात्राको क्रममा अनेकन आरोह-अवरोध आइरहन्छन्। रेडियो जनणतन्त्र नेपालमा कार्यरत रहँदा पार्टीकै प्रस्तावमा जनवादी विवाह गरिन्, राजेश चौधरीसँग। ‘हामीले जातीय र वर्गीय असमानताविरुद्ध अभियान थाल्यो, मुद्दा उठायौं, त्यही भएर पनि आफैबाट कार्यान्वयन गर्नुपर्छ भनेर अन्तरजातीय विवाह गरेकी थिए,’ उनी भन्छिन्।

रोल्पाको जलजला पहाडमा बस्दा अरुणा गर्भवती भइन्। माइनस ६ डिग्री सेल्सियस तापक्रममा पनि उनले भविश्यका लागि चुनौतीका लागि सामना गरिन्। र, दाङ आउनु पर्ने भयो।

रुकुमबाट दाङ एक महिने पैदल यात्रा। पेटमा ८ महिनाको शिशु। त्यो दिन सम्झिँदै अरुणा भन्छिन्, ‘बाटोमा कयौं ठाउँमा त बास नै पाइएन। तर, यतिसम्म भयो कि केही ठाउँमा खचाखच पाहुना (दशैंताका) भरिएका भएपनि हामीलाई बास दिए, नुन र पानीले सुनिएका हातखुट्टा गाउँका दिदीबहिनीले सेकिदिनुहुन्थ्याे।’

जनयुद्धको बेला आमा बन्नु निकै चुनौतीपूर्ण थियो। त्योबेला सेनाले भेट्यायो कि गोली ठोक्ने आदेश थियो। गर्भवती अवस्थामा महिलालाई झन धेरै स्याहारसुसार पाउनु पर्ने हो। तर, जनयुद्धकाे परिवेशमा त्यो कुरा सम्भव थिएन। अरुणाले २०६२ पुसमा शिुशलाई जन्म दिइन् बुटवलको आम्दा अस्पतालमा।

शिशुलाई दूध खुवाउने पैसासम्म थिएन

बुटवलबाट पाल्पा हुँदै काठमाडौं आइन्, अरुणा। पार्टीको क्षेत्रीय ब्यूरो सदस्य थिइन्। तर, कर्म भने पत्रकारिता गरिन्, काठमाडौंमा। नेपाल एफएममा केही समय काम गरेकी अरुणा पार्टीको निर्देशनअनुसार जनादेश साप्ताहिकमा कार्यकारी सम्पादकको रुपमा काम शुरू गरिन्।

दूधे बालक बोकेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अठोटका साथ काठमाडौं आएकी अरुणाले आर्थिक रुपमा निकै कठिन दिनहरुको सामना गर्नुपर्यो। यहाँसम्मकी कहिलेकाहीँ त उनीसँग बच्चालाई दूध खुवाउने पैसा समेत हुँदैनथ्यो।

तत्कालीन नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई वि.सं. २०६८ भदौमा मुलुकको ३५औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि अरुणा पुनः फर्किइन्, उनको सचिवालयमा। र, त्यसपछि सञ्चारिका समूहमा काम गरेकी अरुणा अहिले नयाँ शक्ति पार्टी नेपालको प्रचार विभागको सहसंयोजकका रुपमा कार्यरत छिन्।

दूधे बालक बोकेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अठोटका साथ काठमाडौं आएकी अरुणाले आर्थिक रुपमा निकै कठिन दिनहरुको सामना गर्नुपर्यो। यहाँसम्मकी कहिलेकाहीँ त उनीसँग बच्चालाई दूध खुवाउने पैसा समेत हुँदैनथ्यो।

माओवादीबाट नयाँ शक्तिमा

वि.सं. २०७२ मा मुलुकमा संविधान जारी हुनै लाग्दा माओवादी उपाध्यक्ष डा. बाबुरामले पार्टी परित्याग गरे। उनले नयाँ शक्ति पार्टी नेपाल घोषणा गरे। १२ वर्षको उमेरमा नै राजनीतिमा होमिएकी अरुणा भने पछिल्लो समय पार्टीको कामबाट टाढा हुन थालेकी थिइन्। बाबुरामले माअाेवादी पार्टी छोडेपछि अरुणा पनि पार्टीको राजनीति कार्यदिशा र नेताहरूको खराब आचरणविरुद्ध कलम चलाउन थालिन्।

बाबुरामले आर्थिक क्रान्ति र समृद्धिका लागि नयाँ शक्ति पार्टी नेपालको स्थापना गरेपछि अरुणा राजनीतिमा फेरि सक्रिय हुने निधो गरिन्। किनभने अरुणा लामो समयदेखि माओवादी राजनीतिमा मात्र सक्रिय थिइन्, बाबुरामको निजी सचिवालयमा पनि काम गरेको अनुभव थियो। र, नयाँ शक्ति गठन भएको १० महिनापछि अरुणाले पार्टी प्रवेश गरिन्।

अरुणाको नजरमा बाबुराम

अरुणाका अनुसार जनयुद्धताका पार्टीका अधिकांश याेजना डा. बाबुराम भट्टरार्इ नै बनाउने गर्थे।प्रचण्डको हस्ताक्षरमा आउने विज्ञप्ती समेत बाबुरामले नै लेखेको स्मरण गर्छिन्, उनी। मिडियामा दिने अन्तरवार्ताका विषयमा पनि प्रचण्डले बाबुरामसँग सल्लाह गर्थे। ‘बाबुराम भट्टरार्इले राजनीतिमा झुट र षड्यन्त्र गर्न जान्नु भएन,’ उनले भनिन्।

अरुणा भने बाबुरामलाई ‘देशका लागि केही गरौं’ भन्ने भावना भएको र भिजन भएको नेताको रुपमा चिन्छिन्। ‘प्रचण्ड कला भएका नेता हुन् भने बाबुराम दुरदृष्टि राख्ने, देशलाई समृद्ध बनाउन सक्ने एजेण्डा र भिजन भएको अहिलेको नेपालको समकालीन राजनीतिवृतको सबैभन्दा सक्षम र इमानदार नेता भएको बाबुराम नै हाे,’ उनी दावीका साथ भनिन्।

अबको नेतृव युवाको काँधमा

गत वैशाख ३१ र असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकारमा युवा पनि चुनिएका छन्। यो नेतृत्व विकास गर्ने मात्र होइन आगामी राजनीतिक यात्राको गन्तव्य तय गर्ने उद्गम स्थल पनि हो। ‘अहिलेका युवा जनप्रतिनिधिले आफूलाई परीक्षण गर्ने बेला आएको छ,’ उनले भनिन्, ‘यो परीक्षामा पास भए आगामी गन्तव्यको यात्रा सहज हुन्छ।’

मुलुकमा पछिल्लो समय वैकल्पिक शक्ति केन्द्रको चर्चा हुने गरेको छ। विवेकशील साझा पार्टी मात्र होइन, नयाँ शक्ति पार्टी नेपाल पनि वैकल्पीक शक्तिको वकालत गर्दै आएको छ।

त्यसका संयोजक भट्टराई ‘अबको निकास आर्थिक विकास’ मात्र भनिरहेका छैनन्, ‘समतामूलक समृद्धि, समानुपाति-समावेशी-सभागितामूलक लोकतन्त्र, सुशासन-सदाचार र समुन्नत समाजवाद’ नयाँ शक्तिको प्रतिवद्धता हो।

अबको नेतृत्व युवाको काँधमा आएको बताउने अरुणा ५०-५० प्रतिशत (४० वर्षमुनिको ५० प्रतिशत र त्यसमाथिको ५० प्रतिशत नेतृत्व) हुनुपर्ने बताउँछिन्।

के नेतृत्व लिन युवा सक्षम छ त?

‘राजनीति सेवा हो। तर, यहाँ पेशा बनाइएको छ। जसकारण नेताहरु रिटार्यड हुन चाहँदैनन्,’ अरुणा भन्छिन्, ‘३०औं वर्षदेखि नेतृत्वमा रहेकाले अब विश्राम लिनुपर्छ। युवा सक्षम छ। अवसरको खाँचो छ।’ युवालाई समाज परिवर्तनको अस्त्रको रुपमा लिनुपर्ने उनको धारणा छ। -कुराकानीमा आधारीत

    Comment Here!


सम्बन्धित समाचार