सजना र त्रजिनाहरूको मुद्दा, के व्यक्तिगत मुद्दा हो ?

2018-01-17 09:26

नेपाली नर्सिंग समुदाय यतिबेला आन्दोलनको रापले सेपिएको छ । बर्षौं देखी पेशाको आत्मा भित्र अरल्लिएको पिडा बिस्तारै लाभाबनेर बाहिर पोखिदै छ । राजनितिक र बहिरी दवावका बावजुद पनि स्वत:स्फुर्त रुपमा नर्सहरु सडकमा निस्किँदै छन । समाज परिवर्त हुँदै छ । युग परिवर्तन हुंदै छ । यो बेलामा हामी नर्स स्वंमले,आम नागरिकले र स्वास्थ क्षेत्र नेतृत्व गरिरएका नेतृत्व बर्गले यदी समय अनुकुल आफ्नो सोंच र पेशालाई बदल्न सकिएन भने नेपाली स्वास्थ क्षेत्र प्रभावहिन बन्दै जाने छ । मैले यो आलेखमा नेपाल नर्सिङ्ग संघले आन्दोलनको मुद्दा बनएर संघर्षको मैदानमा ओर्लिएका ११ सुत्रीय माग मध्ये पहिलो बुँदामा रहेको मानव अंग प्रत्यारोपण केन्द्रभक्तपुरबाट निष्कासन गरिएका नर्सिङ्ग कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्भन्ने मागको बारेमा चर्चा गर्दै छु । यो मेरो नितान्त व्यक्तिगत धारणा हो ।

मागको यो बुँदा सुरुमा हेर्दा व्यक्तिगत जस्तो लागे पनि यो घटना नेपालमा रहेका हजारौँ नर्सहरु माथि भईरहेको अन्यायको प्रतिविम्व हो । यो घटनका पिडित सजना,सपना र त्रजिनाहरु सात महिना देखी न्यायको खोजिमा लडिरहेका छन । उनीहरु सजना, सपना र त्रजिना भएकै कारणले पीडित भएका होइनन्, नर्स भएकोले पिडित भएका हुन । नर्स भएकोले अपमानित भएका हुन । यहाँ उनीहरु व्यक्ति भएकोले लड्दै छैनन्, ‘नर्स’ भएकोले लड्दै छन् । यसको लागीउनिहरु पटक-पटक नेपाल नर्सिंग सँघको बलेनिमा उभिए । पटक-पटक स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयको ढोका खट्खटाए। कहिले उनीहरु सडकबाट चिच्चाउँदै न्यायको अपिल गरे । कहिले पीडामा बर्बराउँदै अस्पतालको शैयाबाट न्यांयको याचना गरे ।शायद न्यायको यती चर्को मूल्य नेपालको अरु क्षेत्रमा भएको भए उनिहरुले चुकाउन पर्ने थिएन होला ।

स्वास्थ्य मन्त्रालयले समेत छानबिन समिती गठन गर्यो । छानविन समितिको रिपोर्ट नै प्रस्टसँग बोलेको छ कि, ‘मानव अंग प्रत्यारोपण केन्द्रलेकुनै आधार बिना कर्मचारीहरुको नियुक्ति गरिएको छ र कुनै आधारलाई रिफरेन्स नमानिकन निकालिएको छ’ ! जुन बेला जसरी मन लाग्यो कर्मचारी लिने र आफ्नो मूड अनुसार निस्कासन गर्ने अधिकार एउटा व्यक्तिमा निहित रहन्छ भने हाम्रो पेशामाथी कतीसम्म अपमान होला ? उनिहरु हाम्रो पेशालाई आफ्नो गोजिको पेवा सम्झन्छन , हाम्रो आत्मसम्मानलाई अहंताको ब्यापार सम्झन्छन । उनीहरुलाई कानुनको प्रवाह छैन ।कुनै सरकारी अस्पताल भित्रबाटै हामि यसरि व्याथितिको शिकार बनेर निकालिनु पर्छ भने, नर्स भएकै कारणले अपमानित हुनु पर्छ भने, वर्षौंसम्म रैती बनेर बिना पैसा काम गर्नु पर्छ भने यो मुद्दा उनीहरुको मात्रै हुन्छ कि हामि सबै नर्सहरुको ?
पटक पटक नेपाल नर्सिङ्ग संघलेछलफलको लागिआह्वान गर्यो ! तर अस्पताल प्रसासन छलफलमा आउनै चाहेन ! हामी पटक-पटक अस्पताल पुग्यौं, तर उनीहरुले हामीसंग गर्ने ब्यबहार कहिले सामान्य हुन सकेन ! यदि कुनै सरकारी अस्पताल प्रशासनले आफ्नो राजनैतिक र गैर-राजनैतिक शक्ती प्रयोग गरेर नर्सिङ्ग पेशाकै मर्यादाको धज्जी उडाउँछ भने त्यसको बिरुद्दमा लड्नेरन्याय दिलाउने नर्सिङ्ग सँघको कर्तब्य हुन्छ । यो घटना एउटा प्रतिविम्ब मात्रै हो । यस्ता हजारौँ घटना छन देशभरी ।काठमाण्डौँ बहिरका यी घटनाहरु शायद हामीसँग पुग्न पनि सकेकाछैनन । यो न्यायको लडाँईमा केवल सजनाहरुमात्रै लड्दै छैनन्, उनको आनुहारमा आफ्नो पिडा देखेर हजारौँ सजनाहरु लड्दै छन । यो लडाइँ मिसाल बन्ने छ आगामी दिनको लागी ।यो न्याय नजिर बन्ने छ भविष्यको लागि ।

नेपालको अन्य अस्पतालहरुमा पनि यस्ता केशहरु छन् , जो अझै गुमनाम छन् । यो लडाईं भक्तपुरको मात्रै होइन, नेपाल भरको हो । यो लडाईं एउटा प्रतिक मात्रै हो ।यो आन्दोलन सबैको लागि ‘म्यासेज’ हो । अन्य अस्पतालहरुलाई पनि सच्चिनको लागि दिएको चेतावनी हो ।नेपालको कार्यकारी क्षेत्र सुधारकोलागि सबैभन्दा ठूलो यात्राको आरम्भ हो । त्यसैले यो मुद्दालाई एउटा मुद्दा मात्रै नसम्झेर हजारौँ नर्सहरुको मुद्दाको नजिर सम्झेर लड्दै छौँ।यसलाई हामि हाम्रो पेशाको आत्मसम्मानको लडाईं सम्झेर लड्दै छौं । यो उनीहरुको व्यक्तिगत मुद्दा होइन । यो हाम्रो प्रोफेसनको मुद्दा हो ।
धन्यवाद !!

यस्तो छ सजना,सपना र त्रजिना अन्यायको नालीबेली -जनबोली समाचार डेक्सबाट थप

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा स्थापनाकालदेखि नै सेवा दिइरहेकी नर्स त्रजिना जतिलाई अस्पताल प्रशासनले गत साउन २९ गते निष्काशन पत्र थमायो । उनलाई निष्काशन गर्नुको कारण थियो, त्यसअघि अन्यायपूर्ण तरिकाले निकालिएका नर्सहरु सजना देउला र कृति श्रेष्ठका पक्षमा बोल्नु । सहकर्मीमाथि भएको अन्याय देख्न नसकेकी त्रजिना अहिले आफैं अन्यायमा परेकी छन् । अन्याय विरुद्ध निरन्तर लड्न थालेको पाँच महिना पुगिसकेको छ । उनी भन्छिन्, ‘न्यायका लागि के–के गरिएन ? तर, महिलाहरुको आवाज जहाँपनि कमजोर ठानिदो रहेछ ।’ उनले तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई पत्र लेखिन् । उनीमाथि अन्याय भएको देखेका अस्पतालका डाक्टर, नर्स र कर्मचारी गरी ९१ जनाको हस्ताक्षर संकलन गरेर स्वास्थ्य मन्त्रालय बुझाए । भक्तपुर जिल्ला प्रशासनलाई गुहारे । कहीँबाट न्याय पाउने छाँटकाँट नदेखेपछि नर्सहरुकै छाता संगठन नेपाल नर्सिङ एशोसियसन (नान) मा उजुरी गरिन् । नानले उनका विषयमा छलफल गर्न तीनपल्ट अस्पताललाई पत्र पठाइसकेको छ । तर, अस्पताका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नानलाई समेत टेरेका छैनन् । छलफलका लागि न आफू आएका छन्, न प्रतिनीधि पठाएका छन् ।

एउटा सरकारी अस्पतालबाट नर्स निकालिने र त्यसका विषयमा बुझ्न खोज्दा अटेर गर्ने अस्पताल प्रशासनका विषयमा नानकी अध्यक्ष तारा पोखरेलले स्वास्थ्य मन्त्रालयका अधिकारीसँग पनि कुरा गरिन् । पोखरेल भन्छिन्, ‘उहाँ डा. पुकारचन्द्र श्रेष्ठको राजनीतिक पहुँच माथिसम्म छ त्यसैले केही गर्न सकिँदैन भनेर स्वास्थ्य मन्त्रालयका मान्छेले भने । अब बिरामीसँग माफी मागेर अस्पतालको सेवा बन्द गर्दै मैदानमा उत्रिने तयारीमा छौं ।’ अस्पताल प्रशासन भने यति अन्याय गरेर रोकिने देखिदैन । उनीलगायतका नर्स र कर्मचारीमाथि भएका अन्यायका विषयमा ज्ञापन पत्र बुझाउन जाँदा बुझ्नै नमानी फिर्ता पठायो । नर्स त्रजिना जतिले भनिन्, ‘अन्यायका विपक्षमा उभिने अरु साथीहरुलाई पनि निकाल्ने धम्की दिइएको छ ।’ अस्पतालबाट मनलाग्दी तरिकाले नर्स निकालिने क्रम नियमित जस्तै रहेको, नर्सहरुमाथि हुने अन्याय विरुद्ध लडिरहेकी एन्टिकरप्सन मुभमेन्ट नर्सिङकी अध्यक्ष तथा नर्स दिया भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘नर्स साथीहरुमाथि दुव्र्यवहार, मानसिक र शाररिक हिंसा, अन्याय दिनदिनै भइरहेको हुन्छ । धेरै आफूमाथि भइरहेका यस्ता कुकृत्य विरुद्ध बोल्न सकिरहनुभएको छैन ।’

नेपाल नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डे गुनासो आउने क्रम बढेको बताउँछिन् । उनी भन्छिन्, ‘नर्सलाई मन लाग्दा काममा राख्ने र नलाग्दा निकाल्ने काम भइरहेको छ । यसबाहेक लैंगिक विभेद र हिंसाका घटना पनि बढिरहेका छन् । केही समयअघि मात्रै सामाखुशी र बल्खुतिरका अस्पतालबाट पनि नर्सहरु यस्ता समस्या लिएर नर्सहरु आएका थिए । यसैगरी टीकापुर, कञ्चनपुरमा पनि यस्तै समस्या भएको थियो ।’ यसैगरी लामो समयदेखि न्युन पारिश्रमिकमा काम गर्दै आएका टीकापुर अस्पताल, कैलालीका चार जना महिला कर्मचारीले सेवा सुविधा बढाउन माग गर्दा निष्काशित हुनपरेको थियो ।

आन्दोलनरत नर्सहरु गम्भिर विरामीपर्दापनि मन्त्रालय बेखबर
अन्यायपछि न्यायको खोजी गर्दै मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट बिनासूचना निष्कासित गरिएका नर्सहरु आन्दोलनमा उत्रिए । उनीहरुलाई अन्य संगठनलेपनि साथ दिए । आन्दोलन देशब्यापी बन्दै गएको छ । तर पुनर्वहालीको मागसहित केही दिनदेखि आन्दोलनरत ३ जना नर्स बिरामी परे । स्वास्थ्य मन्त्रालय र प्रत्यारोपण केन्द्र धाइरहेका नर्स त्रजिना जति, सजना देउला र जिता बराल बेहोस भएपछि उनीहरुको उपचार थालियो । तरपनि आन्दोलनको समाधान खोज्न सम्बन्धित निकाय गम्भिर देखिएको छैन । नर्स जति र देउलालाई मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना गरी उपचार थालिएको छ भने बराललाई शिक्षण अस्पतालमा भर्ना गरिएको एन्टिकरप्सन मुभमेन्टकी नुरा सापकोटाले बताइन् । खानापानमा अनियमितता र तनावका कारण उनीहरु बिरामी परेको उनले बताइन्। उनले भनिन्, ‘केही दिनदेखि लगातार न्यायका लागि लडिरहेका छौं यही दौडधुप र तनावका कारण साथीहरु एक्कासी बेहोस भएपछि उपचार थालिएको हो।’

विगत ७ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्रमा संघर्ष गरिरहेका नर्सहरुले अहिले भने आन्दोलन थालेका हुन्। तर, उनीहरुलाई निकाल्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र नर्सिङ प्रमुख स्वास्थ्य मन्त्रालयको सम्पर्कमा समेत पुगेका छैनन्। निर्देशक डा श्रेष्ठले आन्दोलन तुहाउन आन्दोलनको नेतृत्व गरिरहेका नर्सलाई विभिन्न नेताबाट फोन गर्न लगाएको सापकोटा बताउँछिन्। उनले भनिन्, ‘हाम्रा साथीहरुलाई र मलाई नेताहरुले आन्दोलनबाट पछि हट्न फोन गरिरहनुभएको छ। अधिकारको लडाइँ हो। नेताको दबाब कसैले सहन्नौ‌ं।’

 – नुरासापकोटा/
[email protected]/

    Comment Here!


सम्बन्धित समाचार