साउदी अरब : फुटबल खेले पुरुषले, रेकर्ड तोडे महिलाले -कसरी ? [पढ्नुहोस्]

2018-01-14 17:55

साउदी अरबमा शुक्रबार पहिलो पल्ट रगंशालामै गएर महिलाले पनि फुटबल म्याच हेरेका छन् । जेद्धाहको एक रगंशालामा भएको खेल हेर्नका लागि उल्लेख्य संख्यामा महिला दर्शक पनि पुगेका थिए । रगंशाला छिर्न उनीहरुलाई ‘फेमिली गेट’ को व्यवस्था गरिएको थियो । त्यस्तै उनीहरुलाई बस्ने ‘फेमिली सेक्सन’ छुट्टै थियो । साउदी महिलाको लागि यो एउटा ऐतिहासिक क्षण थियो । दशकौंदेखि साउदी अरबमा महिलालाई विभिन्न किसिमका प्रतिबन्ध लगाइएको छ । केही प्रतिबन्धहरु हालसालै हटाइएको छ । साउदी राजकुमार मोहम्मब बिन सलमानले केही उदार नीति ल्याउने पनि आशा गरिएको छ । सलमानले सामाजिक सुधारका कामहरु गर्ने अपेक्षा गरिएको छ । यो महिना तीन वटा रगंशालामा गएर साउदी महिललाले खेल हेर्न सक्नेछन् ।

त्यस्तै शुक्रबार नै साउदी महिलाका लागि अर्को पनि खुशीको खबर थियो । जेद्धाहमै पूर्ण रुपमा महिलालाई लक्षित गरी कार शोरुम खोलिएको थियो । यसै महिनाको जूनमा पहिलो पल्ट साउदी महिलालाई कार चलाउने अनुमति प्रदान गरिएको थियो । गएको वर्षको सेप्टेम्बरमा महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरिएको थियो । जेद्धाहमा महिला दर्शकलाई स्वागत गर्नका लागि महिला कर्मचारी नै राखिएको थियो । महिला दर्शकहरु आ–आफ्ना टिमको समर्थन गरेका थिए । यसै समयमा सामाजिक सञ्जालमा ह्यासट्याग पनि निकै लोकप्रिय भएको थियो । जसको अर्थ थियो, ‘मानिसहरु रगंशालामा प्रवेश गर्दै गरेका महिलाको स्वागत गर्दछन् ।’ अझै पनि साउदी अरबमा महिललाई एक्लै यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । यात्राको क्रममा परिवारका एक पुरुष सदस्य साथमा हुनु अनिवार्य हुन्छ । त्यस्तै क्याफेमा पनि दुइटा सेक्सन हुन्छ । एउटा पुरुषका लागि, एउटा परिवारका लागि । परिवारवाला सेक्सनमा महिलालाई बस्ने अनुमति दिएको हुन्छ ।

साउदी अरबका अझै पनि पुरुषको अनुमति बिना महिलाले यी काम गर्न पाउँदैनन् । पासपोर्टका लागि आवेदनविदेश यात्राविवाहबैंक खाता खोल्नविशेष प्रकारका व्यवसाय गर्न पछिल्लो समय साउदी राजकुमार मोहम्मद बिन सलमानले केही उदार नीति लिएको विश्लेषकहरु बताउँछन् । आधुनिकीकरणसँगै साउदी अरब पनि उदार मुलुक बन्ने उनले घोषणा पनि गरेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार