पुष अन्तिम यो कस्तो दिन ? फेरी भयो अर्को दुर्घटना !

2018-01-14 16:31

बैतडी । संखुवासभामा जिप दुर्घटना हुँदा एकै ठाउँमा ६ जनाको मृत्यु भएको केही समय वित्न नपाउदै ट्रयाक्टर दुर्घटना हुदा डडेल्धुरामा एक जनाको ज्यान गएको छ । अर्का दुईजना गम्भिर घाईते छन् । डडेलधुराको परशुराम नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको हो । दुर्घटनामा परि दुई घाइते भएका छन् । ज्यान गुमाउनेमा परशुराम नगरपालिका –५, का २२ वर्षीय चालक दिपक भट्टराई रहेका छन् भने त्यही ठाउँका मजदुर नवराज भट्टराई र लक्ष्मण भट्टराई घाइते भएका छन् ।

नदीबाट बालुवा लिएर आउँदै गरेको से १ प ९५५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले बताए ।

    Comment Here!


सम्बन्धित समाचार