आयो यस्तो : आगामी पाँच वर्षसम्म ‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

2018-01-14 16:26

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्त्रीको नाम टुंगो लागे पद छोड्छु भनेको केही समय वित्न नपाउदै प्रधानमन्त्रीको नाम उद्घोष भएको छ । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट केपी शर्मा ओली प्रधानमन्त्री र पुष्पकमल दाहाल प्रचण्ड पार्टी अध्यक्ष हुने गरी सहमति भइसकेको खुलासा गरे । दुई पार्टीबीच सहमति भएको बताउदै उनले भने वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।’

रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन तोड्न देशी विदेशी शक्तिको चलखेल बढेको बताए । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताए । उनले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गरे । उनले ६ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको धारणा समेत राखे । ‘प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ’, उनले भने नेतृत्व लिन म तयार छु ।

    Comment Here!


सम्बन्धित समाचार