इण्डियन सुरक्षाफौजको अतिथि पल शाह र आँचल शर्मा : प्रहरीलाई सुरक्षा दिन हम्मेहम्मे

2018-01-14 15:40

काठमाडौ । नेपालका चर्चित नायक, नायिका पल शाह र आँचल शर्माको जोडीको चर्चा नेपालमा मात्र हैन । इण्डियामापनि दमदार छ । दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट कलाकार पल शाह र नायिका आँचल शर्मा अतिथि रहेका थिए। कार्यक्रममा उनीहरुले स्टेज प्रस्तुति दिए। दार्जिलिङमा पनि चकलेटी अभिनेताको रुपमा परिचित पल शाहको फ्यान फलोइङ राम्रै देखियो। बिहान म्याराथनको स्टेज पुगेदेखि पलको नाम लिइरहेका फ्यानहरु कार्यक्रमको बिचमा स्टेजमै चढे। भिडलाइ थाम्न नसकेपछि दार्जिलिङ पुलिसका डिएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्सपेक्टर मिलन गुरुङले ५० भन्दा बढि प्रहरीको साथमा पललाई होटलसम्म पुर्‍याए। तर होटल पुगेपछि पनि पल र आँचलका फ्यानले होटलको गेट नछोडेपछि प्रहरीले पललाई पुनः सार्वजनिक गरेको थियो। उदार रुप देखाएका पलले फ्यानको भिडमा गएर फोटो खिचाए। भने, उहाँहरुको मायाले नै यहाँसम्म आइपुगें। अब उहाँहरुकै बिचमा जान किन डराउनु ?

    Comment Here!


सम्बन्धित समाचार