सहज बन्दै लिंग परिवर्तन : सेक्स जीवनमा कुनै असर पर्दैन

2018-01-14 14:54

एजेन्सी । बानी व्यहोरा महिलाको तर लिंग पुरुषको अनि महिलाको लिंग तर पुरुषको जस्तो व्यवहार गर्ने व्यक्तिलाई ट्रान्स्जेन्डर भनिन्छ । हाम्रो समाजमा यस्ता व्यक्ति धेरै छन् । तर खुलेर बाहिर आउँन सक्दैनन । यद्यपी प्रविधिको विकाससँगै आफुलाई मन लागेको लिंग परिवर्तन गरेर बसेका पनि धेरै छन् । पछिल्लो समय भारतको एक युवा शल्यक्रियाबाट लिंग परिवर्तन गरेर सधैंका लागि महिला बनेका छन् । २२ वर्षका विक्रान्तले लिंग परिवर्तन गरेर आफुलाई जरिनको रुपमा चिनाउन थालेका छन् । उनले आफ्नो जन्म गलत शरीरमा भएकाले लिंग परिवर्तन गरेको बताएका छन् ।

कसरी हुन्छ लिंग परिवर्तनको शल्यक्रिया ?
लिंग परिवर्तन गर्नुअघि उसलाई जेन्डर डिस्फोरिया छ नि छैन भनेर पुष्टि गर्नुपर्छ । यसको लागि मनोविमर्शकर्ता वा मनोसामाजिककर्ताको मद्दत लिनुपर्छ । लामो कुराकानीपछि मात्र मनोविमर्शकर्ता कुनै पनि व्यक्तिमा जेन्डर डिस्फोरिया छ कि छैन भनेर पत्ता लगाउन सक्छन् । यदि कुनै व्यक्तिमा जेन्डर डिस्फोरिया छ भने उसको उपचारको सुरुवात हार्मोनल थेरापीबाट गर्न सकिन्छ । यसमा जुन हर्मोनको आवश्यक पर्छ त्यो हर्मोन सुईको माध्यमबाट शरीरभित्र पठाइन्छ । डाक्टर कौशिकका अनुसार दुई तीन डोजपछि नै असर देखिन थाल्छ । आफुले चाहेको हर्मोन पाएपछि व्यक्ति खुसी हुन थाल्छन् भने उसको बानीमा पनि परिवर्तन आउँछ ।

यसपछि शल्यक्रियाको तयारी गरिन्छ । शल्यक्रियाको लागि व्यक्तिको उमेर कम्तिमा पनि २० वर्षको हुनुपर्नेछ । २० वर्ष भन्दा कम भए लिंग परिवर्तनको लागि उसको आमाबुबाको सहमती आवश्यक पर्छ । लिंग परिवर्तन गर्न कम्तिमा पनि ५–६ घण्टा लाग्छ । यो बेला छाती, गुप्तअंग र अनुहारको काम गरिन्छ । डाक्टर कौशिकका अनुसार लिंग रिअसाइन्मेन्ट शल्यक्रियाको लागि सामुहिक गृहकार्य अनिवार्य छ । ट्रांसजेंडर, किन्नर
यसमा मनोपरामर्शकर्ता, स्त्रीरोग विशेषज्ञ र न्यूरोलोजिस्टको पनि आवश्यकता पर्छ । शल्यक्रिया पछि कम्तिमा पनि एक वर्ष हर्मोनल थेरापी आवश्यक पर्छ । विशेषगरी महिलाबाट पुरुष भएको मामिलामा । शल्यक्रियापछि साधारण जिन्दगी विताउन सकिन्छ र सेक्स लाइफ पनि सामान्य व्यक्तिको जस्तै हुन्छ । तर पुरुषबाट महिला बनेका व्यक्तिले सन्तान भने जन्माउन सक्दैनन् । यो शल्यक्रियाको लागि १० देखि २० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

    Comment Here!


सम्बन्धित समाचार