रियल लाईफ : रेखालाई आमा बन्ने रहर जागेपछि…

2018-01-14 10:38

काठमाडौ । पहिले छविराज ओझासँग विवाह गर्नुभयो तर आमा बन्नुभएन । फेरि अर्को विवाह गर्नुभएको छैन । एउटी महिला भएका नाताले तपाईंमा आमा बन्ने रहर छैन ? दाङको घोराहीमा पत्रकारले सोधेको प्रश्नमा नायिका रेखा थापाले भनिन्– ‘आम महिलामा जस्तै ममा पनि आमा बन्ने रहर छ । अब विवाह गर्ने उमेर पनि पुगेको छ । कुरा मिल्यो भने छिट्टै विवाह गर्छु र आमा पनि बन्छु ।’ राप्रपा नेपालकी नेतृ बनेकी चर्चित नायिका रेखा थापाले दिएको जवाफ हो यो । उनले आफुलाई आमा बन्ने रहर जागेका कारण चाँडै
त्यो प्रक्रियामा सम्माहित हुने बताईन् । उनले अब राजनीतिक नायिका बन्ने पनि बताइन् ।

नीति निर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यो क्षेत्रको पनि नायिका बन्ने उनको दावी थियो । ‘चलचित्रमा मात्रै नायिका भएर महिलाका मुद्दाहरू उठाउन कठिन हुँदोरहेछ । अब म फिल्ममा मात्र होइन राजनीतिमा पनि नायिका बन्न चाहन्छु,’ रेखाले भनिन्– ‘अब महिलाका समस्यालाई राजनीतिक रूपमै सम्बोधन गर्ने योजनामा छु ।

    Comment Here!


सम्बन्धित समाचार