पत्याउनै नसकिने विश्वका सबैभन्दा अनौठा १० महिलाका हेरौँ केही रोचक तस्वीरहरु

2018-01-13 20:49

एजेन्सी । विश्वमा त्यस्ता अनौठा मानिसहरु पनि छन् जसलाई पहिलोपटक देख्दा हामीलाई आफ्नो आँखामा विश्वास नलाग्न पनि सक्छ । अचम्मका शरीर भएका त्यस्तै आश्चर्यजनक महिलाहरुका बारेमा आज हामी जानकारी गराउन गइरहेका छौँ ।

१, सानोछँदा सबै महिलालाई बार्बी गुडिया जस्तो देखिने रहर हुन्छ । तर पिक्सी नामकी एक मोडेलले यस कुरालाई धेरै नै गम्भीर रुपमा लिइन् । उनले २०० भन्दा बढी सर्जरी गराएर आफ्नो कम्मर बार्बीको जस्तो बनाएकी हुन् । उनको कम्मर अहिले जम्मा १६ इन्चको छ ।

२, ब्राजीलकी एलेनले आफ्नो शरीरलाई सबैभन्दा धेरै पटक छेडेर विश्व रेकर्ड कायम गराइसकेकी छन् । उनको शरीरभरि ७ हजार ठाउँमा छेडिएको छ ।
३, जाल्टा नामक यी महिला विश्वको सबैभन्दा लचिलो शरीर भएकी महिला हुन् । उनले धेरै वर्षसम्म जिम्न्यास्टिक गरिसकेकी छन् । उनको शरीर रबर जस्तै छ । पहिलोपटकमा मानिसले विश्वास गर्न नसकेपनि उनको शरीर जता मोड्यो त्यतै मोडिने किसिमको रहेको उनी बताउँछिन् ।
४, अमेरिककी एबी र ब्रीटेनीको टाउको जोडिएको छ । उनीहरुको शरीर एउटै भएपनि टाउको जोडिएकाले उनीहरु अलग भएपनि जोडिएर बसेका छन् । उनीहरुका कुनैकुनै अङ्ग दोहोरिएका समेत छन् ।
५, रुसमा बस्ने क्रिस्टिनाको ओठ विश्वमै सबैभन्दा ठूलो भएको बताइएको छ । उनको नाम गिनिज बुकमा समेत लेखाइसकेको छ ।
६, नतालिया वेट लिफ्टर हुन् । उनले १४ वर्षकै उमेरदेखि बडी बिल्डिङ सुरु गरेकी थिइन् ।
७, एनास्टासिया नामकी यी युवती कार्टुन क्यारेक्टर जस्तै देखिन्छिन् । आफ्ना आँखालाई कार्टुनको जस्तै बनाउन उनले थुप्रै सर्जरी गराएकी छन् ।
८, क्यालीफोर्नियामा बस्ने चेनलले सबैभन्दा लामो जिब्रो भएकाले गिनिज बुकमा नाम लेखाइसकेकी छन् ।
९, अमेरिकाकी लौरेन सबैभन्दा लामो खुट्टा भएकी महिला हुन् । उनले गिनिज बुकमा समेत रेकर्ड राखिसकेकी छन् । उनको खुट्टाको लम्बाई ४ फिट १ इन्च रहेको छ ।
१०, थाइल्यान्डकी सुपत्रा हाइपरट्रिकोसिस नामक रोगले पीडित छिन् । जम्मा ११ वर्षीया सुपत्रा विश्वकै सबैभन्दा धेरै कपाल भएकी महिला हुन् ।

    Comment Here!


सम्बन्धित समाचार