१० हजार निजामति कर्मचारीले एकैपटक जागिर छोड्ने ! अब के हुन्छ ?

सृजना शर्मा
2018-01-13 18:38

सृजना शर्मा/काठमाडौं। करिब १० हजार निजामति कर्मचारीले जागिर छोड्ने देखिएको छ। सरकारले स्वैच्छिक अवकाशको तयारी गरे पछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए। निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकलन गरिएको छ। सरकारी सेवामा ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ।

    Comment Here!


सम्बन्धित समाचार