नेम्वाङ्गले गरे राजनीतिमा हुन लागेको खतरनाक चलखेलको खुलासा !

समृध्दा केसी
2018-01-13 18:29

समृध्दा केसी/काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले गम्भिर राजनीतिक चलखेल हुन लागेको खुलासा गरेका छन् । उनले कांग्रेसले सत्ता हस्तान्तरण नगर्ने र वाम गठबन्धन टुटाउने खेलको गोटी चालिरहेको खुलासा गरेका हुन् । प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको उनले बताए । नेम्वाङले सुनाए, ‘प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलाउनुस्, हाम्रो समर्थन छ भन्नुभयो । एक जना नेताले वामपन्थी गठबन्धन नटुटाई छाड्दै छाड्दिनँ भन्नुभयो । अहिले आएर प्रधानमन्त्रीले नेपालमा जे पनि हुनसक्छ, सरकार बन्छ, एमाले बाहेक अरुको पनिबन्नसक्छ भन्नुभयो ।’ अघि भने, यो भनेको पारी चितुवा करायो, बारी सिगारी हरायो भयो कि भएन रु उहाँहरु सरकार हस्तान्तरण नगर्ने र बाम गठबन्धन टुटाउनेतर्फ लागेको त होइन ?’

दोलखाबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले वाम गठबन्धन जनताबाट अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाए । एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किएपछि थप कार्यदल बन्ने र पार्टी एकता हुने उनले बताए ।

    Comment Here!


सम्बन्धित समाचार