एमाले र माओवादीको कुरा मिल्यो, यसरी गरिनेछ सरकार निर्माण र पार्टी एकता

2018-01-13 16:58

काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार निर्माण र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने सहमति भए बमोजिम कुरा मिल्दै आएको छ । यो सहमतिलाई अब माओवादी केन्द्र एमालेका दोस्रो तहका नेताले समेत स्वीकार गरेका छन् । जुन यसअघि नै बनेको थियो । एमाले महासचिव इश्वर पोखरेलले नयाँ सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने जानकारी गराए । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेलगत्तै चितवनबाट सरकार गठन र पार्टी एकीकरण सँगसँगै अघि बढ्ने बताएका थिए ।

एमाले महासचिव पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले बताउदै आएका थिए । तर सहमतिका लागि फरक प्रयासभएपनि स्वीकार गर्ने धारणा महासचिव पोखरेल सहित दोस्रो तहका नेताले राख्दै आएका छन् । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेका बेला यस्तो खबर आउनु निक्कै अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार