अनसन तोड्न जुस पिउदै डा. केसी गरेको अर्को घोषणाले सबै चकित !

2018-01-13 16:49

काठमाडौं । डा. गोविन्द केसीको आजको घोषणाले सबैलाई चकित बनाएको छ । सरकारसँग ५ बुँदे सम्झौता गरेर त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले आज आमरण अनसन अन्त्य गरे । तर, आमरण अनसन अन्त्यका लागि जुस पिउदै फेरी अर्को घोषणा गरे । जसले सबैलाई चकित बनाएको छ । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने उही कुरा दोहोर्याएका छन् । अझ यो मेरो चेतावनी हो भन्दै घोषणा गरेका छन् । अनसन बस्नु र अनसन तोडाउनु अब केसी र सरकारका लागि भाडाकुटी खेल जस्तै बनेको छ ।


शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’ उनले भनेका छन् । उनले अघि भने, जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’ अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा। केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’

    Comment Here!


सम्बन्धित समाचार