सरकार निकम्मा भएपछि जाजरकोटे बचाउन औषधी र डाक्टरको टोली लिएर पुगे शक्ति

2018-01-13 13:59

काठमाडौ । जाँजरकोटका भाईरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा नम्बर १, २ र ३ मा औषधी र चिकित्सकसहितको टोली बल्ल पुगेको छ । सरकारले वास्ता नगरेपछि पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले आफ्नै पहलमा स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टर सहितको टिम जाजरकोट लिएर गएका हुन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा औषधी वितरण र सदरमुकाममा अन्तरक्रिय सहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । भाईरल प्रभावित क्षेत्रमा ८ क्विन्टल औषधी समेत ल्याईएको छ ।

जाजरकोटबाट काठमाडौं ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमुनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । भाईरलबाट मृत्य हुनेकोे संख्या १३ पुगिसकेपछि बल्ल राज्यले आँखा खोलेको स्थानीयको गुनासो रहेको छ ।

    Comment Here!


सम्बन्धित समाचार