धनकुटामा यसरी पस्यो सरकारी सुरक्षा फौज र भटाभट १६ जनाको गर्यो सामुहिक हत्या [भिडियोसहित]

2018-01-13 13:50

काठमाडौ । देशमा देखिएको चरम अन्याय, अत्याचारबाट मुक्ति खोज्दै धनकुटाको छिन्ताङका जनता सङ्गठित हुन थालेको सूचनामा २०३६ कात्तिकमा सरकारी सुरक्षाकर्मीको ठूलो समूहले छिन्ताङ घे¥यो । हेर्दाहेर्दै पन्ध्र जनाको हत्या भयो । पञ्चायती व्यवस्थाको विरोध गरेको आरोपमा तत्कालीन सूर्यबहादुर थापा सरकारले २०३६ कात्तिक २४ देखि २९ गतेसम्म खोकु, आँखीसल्ला र छिन्ताङमा अप्रेसन चलाएर १५ जनाको हत्या गरेको थियो ।

३८ वर्षअघिको त्यो नरसंहार हालै निर्मित नेपाली कथानक चलचित्र ‘कालरात्रि’ मा समेटिएको छ । अघिल्लो साता नेपाल चलचित्र विकास बोर्डमा विशेष प्रदर्शनी गरिएको ‘कालरात्रि’ एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता दीनानाथ शर्मा, नेता अमिक शेरचन, नेकपा ९माले०का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका राजनीतिज्ञहरूले हेरे । माले महासचिव मैनालीले ‘कालरात्रि’ले छिन्ताङ हत्याकाण्डको मिहिन उत्खनन् भएको प्रतिक्रिया दिए । सुर शृङ्गार फिल्मस्को ब्यानरमा निर्मित सत्य घटनामा आधारित कथानक चलचित्र ‘कालरात्रि’को प्रमुख पात्रमा छिन्ताङ काण्डका शहीद गोपालआनन्द राईका छोरा योगेन्द्र छन् । अन्य कलाकारमा रूपेश उप्रेती, गोपाल बराइली, प्रभाकरदेव शर्मा, कृष्ण आचार्य, किशोर अनुराग, जेवी घलेमगर, किशोर सम्वाहाम्फे, अनुजा पराजुली, सुकमाया मोक्तान, सन्तोष शिवाकोटी, तुलसा उप्रेतीलगायत छन् । किशोर अनुरागद्वारा निर्देशित चलचित्रका पटकथाकार कृष्णप्रसाद आचार्य हुन् । क्यामरामा राजकृष्ण महर्जनले कुशलता देखाएका छन् । सङ्गीत भने दृष्टिविहीन कृष्णभक्त राईले दिएका छन् ।

Video Restricted

 

    Comment Here!


सम्बन्धित समाचार