बाँदरले यसरी चोर्छ मोटरसाइकलको पेट्रोल

2018-01-13 10:57

एजेन्सी । मानिस, जनावर तथा चराचुरुङ्गी जे सुकै भए पनि तिर्खा लाग्दा सामान्यतया पिउने भनेको पानी नै हो । तर भारत हरियाणाको पानीपतका बाँदर भने तिर्खा लाग्दा पानी पिउँदैनन् । स्थानीय समाचार माध्यमहरुले पानीपतमा बाँदरले मोटरसाइकलबाट चोरेर पेट्रोल पिएको जनाएका छन् ।

लगातार मोटरसाइकलबाट पेट्रोल हराएपछि मोटरसाइकल चालकहरु हैरान भएका थिए । तर त्यो पेट्रोल मानिसले चोरेको होइन रहेछ, बाँदरले पिएको रहेछ । बाँदरले मोटरसाइकलबाट पेट्रोल पिउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो बाँदरलाई अन्य खानेकुरा दिँदा नखाने स्थानीय स्यवयसेवी संस्थाका इन्चार्ज गौरव लिखाले बताएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार