यस्तोपनि छ पार्क, रोपिएका रुख देखि बनाइएका सबै संरचना मानिसको लिङ्ग [भिडियोसहित]

2018-01-13 10:06

एजेन्सी । झट्ट हेर्दा पत्यार लाग्नै सक्दैन की त्यो प्राकृतिक बनस्पति हो । वा मानिसले बनाएका संरचना हुन् । हेर्दा लाग्छ प्रकृतिले दिएको मानव लिङ्ग नै हो । तर दक्षिण कोरियाको सिनाम पार्क अहिले यही कारणले संसारभर चर्चामा रहेको छ । झट्ट हेर्दा निकै अनौठो लाग्ने उक्त पार्कमा लिंगको आकृतिमा ढालिएका अलग अलग स्मारकहरु देख्न सकिन्छ । करिब तीनसय लिंगको आकृतिमा ढालिएका स्मारकहरु सन २००७ देखि सञ्चालनमा आएको हो ।

युवतीहरुलाई कुमारी अवस्थामा खुसी झल्काउन पार्क निर्माण गरीएको हो । देश विदेशी पर्यटकको घुइचो लाग्ने उक्त पार्क । दक्षिण कोरियाली लोककथालाई आधारमा निर्माण गरिएको हो । दक्षिण कोरियाली लोककथाका अनुसार हुनेवाला बेहुलीलाई नदीको किनारमा छाडेर युवक माछा मार्न जान्छन, त्यतिनै बेला ठुलो हावा हुरी चल्छ र त्यो हावाको बेगले हुतीएर नदीमा परि मृत्यु हुन्छ । कुमारी अवस्थामा रहेकी युवतीको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन । त्यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भन्ने गरिएको छ ।

यही युवतीको झल्काउन पार्क निर्माण गरिएको हो । पार्कमा लिंगको आकारका तोप, लिंगजस्तो जिब्रो भएको मानव आकृति, गमलामा रोपिएका लिंग आकृतिका बोटबिरुवा आदि रहेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार