बिहानै आयो दु:खद खबर : सवारी दुर्घटना ४१ को मृत्यु, सयौं घाइते !

2018-01-13 09:19

काठमाडौ । शनिबारको दिन उज्यालो हुँदैमात्र थियो । बिहानै सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको र सयौं घाइते भएको खबर आएको छ । खबर इजिप्टको उत्तरी क्षेत्रको हो । त्यहाँ दुईवटा यात्रु रेल ठोक्किँदा कम्तिमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । तटीय शहर एलेक्जान्ड्रियामा यो दुर्घटना भएको हो ।

राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएका हुन् । दुर्घटना लगतैदेखि उद्धार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । इजिप्टमा यस किसिमको रेल दुर्घटना निकै कम हुने गरेका छन् । यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । उहाँले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

    Comment Here!


सम्बन्धित समाचार