पूर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा नै चिनियाँ कम्पनीबाट ठगिए !

2018-01-13 09:09

काठमाडौं । भैरहवा बिमानस्थल नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । हामीले २०७२ साल साउन महिनामा सब कन्ट्राक्टरको जिम्मेवारी लिएका थियौं । त्यो भन्दा पहिले हामीले अर्कै कम्पनी मार्फत निर्माण सामग्री ढुवानी मात्रै गर्दै आएका थियौं । हिमालयन इन्फ्राटेक कम्पनी मार्फतमा हामीले समान दिन्थ्यौं । पछि त्यो कम्पनीले काम नगरेपछि चिनियाँ कम्पनीले नै हामीलाई सब कन्ट्राक्टर अफर गरेको थियो । हामीले उसकै अफर अनुसार नयाँ कम्पनी दर्ता गरेर सब कन्ट्राक्टरको सम्झौतामा हस्ताक्षर गरेका थियौं । हामीसँग सब कन्ट्रयाक्टको २ वटा ठुला फाइल सुरक्षित छन् । तर हामीसँग गरिएको सब कन्ट्राकको सम्झौता नै गैर कानुनी जस्तो देखियो । हामीले निरन्तर काम गर्दै आयौं तर चिनियाँ ठेकेदारले भुक्तानी दिन आनाकानी गर्यो । एक अर्थमा भन्ने हो भने भैरहवा बिमानस्थलमा हामीलाई चिनियाँ कम्पनीले फसायो । भैरहवा विमानस्थल निमार्णको कामको जिम्मा लिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालका छोरा निर्भिक खनालले बोलेका शब्द माथी प्रस्तुत भएका हुन् ।

भैरहवा बिमानस्थल ६ अर्ब २२ करोडको आयोजना हो । यसमा हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ तर वित्तिय प्रगति जम्मा १०–१२ प्रतिशत मात्रै भएको छ । भौतिक प्रगति अनुसार वित्तिय प्रगति नहुन नै चिनियाँ ठेकेदारले हामीलाई भुक्तानी नदिएको प्रमाण हो । चिनियाँ कम्पनीले नेपाल सरकारबाट एक अर्ब ५६ करोेड भुक्तानी लिईसकेका छन् । हामीलाई भने जम्मा ७७ करोड मात्रै दिएका छन् । ३२ करोड लिन बाँकी रकममध्ये १५ करोड मात्रै दिने भनेका छन् । हामीले बाँकी १७ करोड पनि मागेका छौं जुन हामीले काम गरे वापतकै रकम हो । त्यो रकम नपाएपछि ९ महिनादेखि हामीले काम गरेका छैनौं । त्यसअघिसम्म बिमानस्थल निर्माणको सबै काम हामीले गरिरहेका छौं । त्यहाँ प्रयोग भैरहेका उपकरण, ढुवानीका साधन, निर्माण सामग्री सबै हाम्रै हुन् । हामीलाई काम गरे अनुसार भुक्तानी नदिने अनि उल्टै हामीले काम गर्न दिएनौं भनेर प्रचार गरिएको छ । काम गरेको पैसा नपाएसम्म काम गर्ने अवस्था छैन् ।

मासिक ६ प्रतिशतको हाराहारीमा भौतिक प्रगति हुनुपर्ने थियो तर अहिले १ प्रतिशत मात्रै भैरहेको छ । हामीले पुरानो भुक्तानी नपाएसम्म कामको गति बढाउन अवस्था छैन् । हामीले अझै ३२ करोड रुपैंयाँ भुक्तानी पाएका छैनौं । चिनियाँ कम्पनीले जम्मा १५ करोड मात्रै भुक्तानी दिन्छौं भनेर लिखित सम्झौता गरेको छ । तर हामीलाई ३२ करोड नै चाहिन्छ किनकी हामीले अन्य कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ । हाल युवराव संग्रौलालाई भुक्तानी सेटलमेन्टका लागि मध्यस्थकर्ता तोएिको छ । हामी त्यो प्रतिवेदनको पर्खाइमा छौं । हामीलाई नेपाल र चिनको सम्बन्धबारे चिन्ता छ । त्यसैले ठुलो नोक्सानी हुँदा हुँदै पनि हामीले काम गर्न खोजिरहेका छौं । हाम्रै मेसिन हामीले किन कब्जा गर्ने रु वास्तवमा हामी नराम्रोसँग फसेका छौं, हामीलाई चिनियाँ कम्पनीले फसायो । उल्टै दुई देशको सम्बन्ध बिगार्न लागेको आरोप पनि आयो । नागरिक उड्डयन प्राधिकरणलाई जमानी राखेर मात्रै हामीसँग सब कन्ट्राक्ट दिएछ । हामीलाई भवन र रनवे बनाउने पुरै जिम्मेवारी हामीलाई दिएको थियो लिखित रुपमै । मौखिक रुपमा त हामीलाई सबै काम गर्नुस भनेको थियो । अहिले चिनियाँ कम्पनीले पैसा दिन मान्दैन, परियोजनाले हामीलाई चिन्दैन, अनि हामीले काम गर्न नदिएको भन्ने आरोप छ । यस्तो पनि हुन्छ ? (पुर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका सञ्चालक हुन् । उनको यो कम्पनीले भैरहवा विमानस्थलमा सब कन्ट्राक्टरको जिम्मेवारीमा काम गरिरहेको छ)

    Comment Here!


सम्बन्धित समाचार