कतारमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष, महासचिव सहित केही पत्रकार पक्राउ ! कारण यस्तो ?

2018-01-12 23:59

कतार । नेपाल पत्रकार महासंघको कतार शाखाको कार्यक्रममा भाग लिन पुगेका महासंघ केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी र शाखा अध्यक्ष गणेश बन्जाडे पक्राउ परेको खबर आएको छ । उनीहरुलाई सोधपुछका लागि भन्दै कतार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पत्रकारका साथमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चनक पोखरेललाई समेत पक्राउ गरेको छ । केन्द्रबाट आएका पदाधिकारी र अध्यक्षलाई समेत पक्राउ गरेपछि आज हुने भनेको कार्यक्रम स्थगित भएको छ । सुचना जारी गर्दै भनिएको छ । विशेष कारणले कार्यक्रम स्थगित भएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौ । उनीहरुले भनेका छन् आजको कार्यक्रमसँग सम्बन्धित कुनै समाचार वा लेखहरु प्रकाशन नगरिदिनुहुन आग्रह गर्दछौ । पक्राउ परेका पत्रकार छुटाउन अहिले कतारको दोहास्थित नेपाली दुतावासले पहल गरिरहेको दुतावास कर्मचारीले जानकारी दिएका छन् । कतारको दोहास्थित ग्राण्ड प्यालेस होटलमा आज नेपाल पत्रकार महासंघ कतार शाखाको कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रममा प्रमुख अतिथी, अतिथीको रुपमा केन्द्रीय अध्यक्ष, महासचिव, पूर्व उपाध्यक्ष कतार पुगेका थिए ।

    Comment Here!


सम्बन्धित समाचार