पच्चीसौँ बर्ष पुगेपछि हिमालयन बैंकले बाँड्यो अहिलेसम्मकै धेरै बोनस शेयर र नगद लाभांश

2018-01-12 20:10

काठमाडौ । हिमालयन बैंक लिमिटेडको अहिलेसम्मकै धेरै बोनस शेयर र नगद लाभांश बाँडेको छ । पच्चीसौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७३–७४ को प्रतिवेदन प्रस्तुत गर्दै सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

बैंक आगामी माघ ४ गते २५ वर्ष पूरा गर्दैछ । अध्यक्ष श्रेष्ठले बैंकले आव २०७३÷७४ अन्त्यसम्म रु ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । निक्षेप र कर्जा अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको जनाइएको छ । यस वर्ष छ स्थानमा नयाँ शाखा तथा सरकारको योजनानुरुप स्थानीय तहमा बैंकको ग्रामीण शाखा स्थापना गर्दै जाने र देशका विभिन्न स्थानमा थप एटिएम सञ्जाल विस्तार गरिने बैंकले जनाएको छ ।

 

    Comment Here!


सम्बन्धित समाचार