डा. केसी प्रकरणमा प्रधानन्यायाधीशको बचाऊ गर्दै नेपाल बारले मुख खोल्यो !

2018-01-12 16:36

काठमाडौं । चिकित्सक डा. गोविन्द केसी मुद्धा प्रकरणमा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश गोपलप्रसाद पराजुलीको बचाउ गरेको छ । उसले आमरण अनसनमा बसेर न्यायालयमाथि दबाव नदिन प्रा. डा. गोविन्द केसीलाई चेतवानी समेत दिएको छ । उसले आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै आफ्नो अनुकुल फैसला नआउँदैमा प्रधानन्यायाधीशको राजीनामा माग्नु र व्यक्तिगत लान्छना लगाउनु गलत भएको ठहर गरेको छ । बारको नजरमा प्रधानन्यायाधीश गलत नरहेकाले फैसलालाई जोडेर न्यायाधीश वा प्रधानन्यायाधीशलाई आरोप नलगाउन सार्वजनिक रुपमा नै बारले अपिल गरेको छ ।

 

 

    Comment Here!


सम्बन्धित समाचार