कविता : ढुङ्गा -प्रेम राई परीक्षित

2018-01-12 08:45

# प्रेम राई परीक्षित /

ऊ मलाई ढुङ्गा हानिरहन्छ
बदलामा म उसलाई ढुङ्गा फर्काउदिन
म मेरो घरको गाह्रो बनाउछु
अनि भर्याङ्ग बनाउछु तला थप्छु
उसले हानेका ढुङ्गाहरु बटुलेर
त्यसैले मलाई डुङ्गा हान्नेहरु
भगवान जस्तै लाग्छन
पहिला पीडा दिएर पछि बरदान दिने
साच्चिकै भगवान जस्तै लाग्छन !!
*
ऊ बाहिर उपद्रो मच्चाइरहन्छ
फ्याकिरहन्छ मतिर दल्छिण ढुङ्गाहरु
फ्याकिरहन्छ सङ्गमर्मर अनि स्लेटहरु
अनि फ्याकिरहन्छ शालिग्रामअनि शिलाजितहरु
द्वापर युगका भगवान कृष्ण पनि
कम उपद्रा थिएनन
तर तिनैले उचालेका थिए गोबर्धन पहाड
र बचाएका थिए गोकुलबासिहरुलाई
ईन्द्रका दम्भपूर्ण हुङ्कारहरु बाट
म तिनै दल्छिणमा चकमक ठोसेर आगो निर्माण गर्छु
म तिनै स्लेट र मार्बलले मेरो आगन रङ्गाउछु
म तिनै शालिग्राम बटुलेर बिरुपाक्ष बनाउछु
र पत्ता लगाउछु अ्मान्छेहरुको लआयु
द्वापर युगका भगवान कृष्ण पनि
कम उपद्रा थिएनन
तर तिनैल उचालेका थिए गोबर्धन पहाड
अनि बचाएका थिए गोकुल बासिहरुलाई
त्यसैले मलाई ढुङ्गा हान्नेहरु
भगवान जस्तै लाग्छन
पहिला पीडा दिएर पछि बरदान दिने
साच्चिकै भगवान जस्तै लाग्छन
*
यदि ढुङ्गाकै कुरा गर्ने हो भने
सगरमाथा पनि त एउटा ढुङ्गा हो
पिरामिड पनि त ढुङ्गा नै हो अनि
ग्रेटवाल पनि त ढुङ्गा नै हो
म उसलाई ढुङ्गा हान्न प्रेरित गरिरहन्छु
किनकी, त्यही ढुङ्गा बटुलेर सगरमाथा उचाल्छु
अनि सन्सार पारिसम्म नियाल्छु
तिनै ढुङ्गा बटुलेर पिरामिड निर्माण गर्छु
अनि बिश्वलाई चकित बनाउछु
तिनै ढुङ्गा बटुलेर ग्रेटबाल लम्ब्याउछु
अनि अन्तरिक्ष उघारेर चन्द्रमा नियाल्छु
त्यसैले,
साच्चै मलाई ढुङ्गा हान्ने मान्छे
भगवान जस्तै लाग्छन
पहिला कष्ट दिएर पछि वरदान दिने
साच्चिकै भगवान जस्तै लाग्छन !!

बाहिर ऊ अझै बबण्डर मच्चाइरहेछ
ढुङ्गा म तिर हुर्याईरहेछ झ्याल फुटाईरहेछ
बदलामा म फर्काउदिन ती निष्प्राण ढुङ्गाहरु
बरु बर्षाउछु फूलका गुच्चाहरु
किनभने ढुङ्गा हान्ने मान्छेहरु
भगवान जस्तै लाग्छन
पहिला पीडा दिएर पछि बरदान दिने
साक्षत भगवान जस्तै लाग्छन
साक्षत भगवान जस्तै लाग्छन!!©©©

    Comment Here!


सम्बन्धित समाचार