exclusive : प्रधानन्यायाधीशको एसएलसी मार्कसिट भेटियो ! फेल या पास विवाद अन्त्य [मार्कसिटसहित]

2018-01-11 20:42

काठमाडौ । डा गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीको कार्यक्षमतामाथि उठाएका सवालमध्ये उनको शैक्षिक योग्यता समेत प्रमुख छ नै । केसीले पराजुलीले एसएलसी समेत पास नगरेको दावी गरेपछि सर्वोच्चको इजलासले उनको शैक्षिक योग्यताबारे न्याय परिषद्मा रहेको सामाग्रि माग्ने आदेश दिइसकेको छ । यही सेरोफेरोमा गोपाल पराजुलीले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापिठबाट प्रवेशिका परिक्षा उर्तिण गरेको मार्कसिट फेला परेको छ । श्रेणि भने तेस्रो छ ।

मार्कसिटमा भरतपुर केन्द्रबाट परिक्षा दिएको र सिम्बोल नम्बर ११७ रहेको गोपाल पराजुली उल्लेख गरिएको छ । मार्कसिटको सत्यताको पून परिक्षण नगरेकाले के हो भने भन्न सकिन्न । अहिले प्रधानन्यायधीशको शैक्षिक योग्यता चासो र बहसको विषय भएको बेलामा प्राप्त भएकाले सार्वजनिक गरिएको मात्र हो । पराजुलीस्रोतका अनुसार उनी कक्षा १० को पहिलो परिक्षामा फेल भएका थिए । तर त्यसपछि पुन परिक्षा दिएका थिए । उनको शैक्षिक योग्यताबारे प्रश्न उठाउनेहरुले फेल भएको लेखेको तर पून परिक्षा दिएर पास गरेको विषय लुकाएको पराजुली निकट स्रोतले दावी ग¥यो ।

    Comment Here!


सम्बन्धित समाचार