आफैले पालेको राँगोले राक्षस रुप लिएपछि मार्न गोली प्रहार

2018-01-11 19:20

पोखरा, २७ पुस । कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आजसोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

राँगोले राक्षस रुप लिएपछि सबै गाँउले भेला हुँदा समेत नियन्त्रणमा लिन सकेनन् । धनी मात्र हैन गाँउनै सबै हान्ने देखिएपछि तत्काल प्रहरीलाई खबर गरियो । प्रहरी पुग्दा समेत राँगोलाई नियन्त्रणमा लिन सक्ने अवस्था देखिएन । फिल्डमा खटिएका प्रहरीले राँगोलाई गोली हान्न आदेश मागे । एकछिन त प्रहरीप्रमुखपनि अचम्ममा परे । राँगो मार्न गोली हान्ने आदेश, केहीछिन नियन्त्रणमा लिन निर्देशन दिए । फेरी अर्को खबर आयो । राँगो नमारे गाउँनै सिध्याउन सक्छ । अनि प्रहरी प्रमुखले आदेश दिए की गोली हानेर राँगो नियन्त्रणमा लिनु । प्रहरीको उकै गोलीमा राँगो ढल्यो । गोलीको प्रहारबाट राँगो मरेको प्रहरीले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार