“अनमोलको दुई तीन जना गर्लफ्रेन्डलाई घरमै भात पकाएर खुवाएको छु”

2018-01-11 19:09

काठमाडौ । युवास्टार अनमोल केसीकी आमा सुस्मिता केसीले अनमोलको बारेमा नयाँ रहस्य खोलेकी छिन् । एक मिडियासँग अन्तरवार्ता दिँदै उनले अनमोलका धेरै गर्लफ्रेन्ड भएको खुलासा गरिन् । छोराले आफुलाई गर्लफ्रेन्डको बारेमा सबै कुरा शेयर गर्ने गरेको पनि उनको भनाई छ । उनले भनेकी छिन्–”अनमोलको दुई तीन जना गर्लफ्रेन्डलाई त घरमै भात पकाएर खुवाएको छु । अनमोलले गर्लफ्रेन्ड लगायत सबै कुराहरु आफुसँग शेयर गर्ने गरेको बताईन् ।” उनले भनिन्–”दुई जनालाई त मैले अनमोलसँग ल्याएर घरमै लन्च बनाएर खुवाउँथे । म छोरी भन्थेँ । मलाई मामु भन्थे उनीहरुले । उनीहरुले त मलाई फोन गरि गरि आज यो पकाउनु है, ऊ पकाउनु है भनेर अर्डर नै गर्न थालेका थिए ।”

साथै उनले नायिका आना शर्मासँग अनमोलको सम्बन्धको बारेमा पनि खुलाईन् । कुनै समय अनमोल र आना अफयेरमा रहेको चर्चा चलेको थियो । तर सुस्मिताले उनीहरु बिच प्रेम सम्बन्ध नभएको पनि बताईन् । उनले आना र अनमोल केवल राम्रो साथी मात्र भएको प्रतिक्रिया दिईन् । हालसम्म अनमोलले काम गरेका अभिनेत्रीहरु मध्ये आना शर्मा आफुलाई मनपर्ने पनि उनले खुलाईन् । अनमोलले अभिनय गरेका हिरोईनहरु मध्ये अनमोलको जोडि आनासँग सबैभन्दा प्रफेक्ट देखिने गरेको बताईन् ।

    Comment Here!


सम्बन्धित समाचार