हमासका उच्च अधिकारी गोली लागी गम्भीर घाइते

2018-01-09 23:58

गाजा सिटी / २५ पुस , इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उहाँकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बन्नुभएको छ । स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् । हमासका प्रवक्ता फाउजी बारहोमले भन्नुभयो, “हमासको सर्वोच्च राजनैतिक निकायका पूर्व सदस्य इमाद अल–अलामीलाई घरभित्र आफ्नो व्यक्तिगत हतियार खोजीरहेको समयमा गोली लागेको र उहाँको गम्भीर अवस्थामा गाजास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।” अल अलामीको घटनाका बिषय बृहत् रूपमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

    Comment Here!


सम्बन्धित समाचार