जानकी मन्दिरबाट केकीलाई डोली चढाइयो, नाजिरलाई बग्गी [फोटोफिचर]

2018-01-09 14:58

काठमाडौँ । जनकपुरको जानकी मन्दिरबाट नायिका केकी अधिकारीलाई डोली चढाइयो भने अभिनेता नाजिर हुसेनलाई बग्गीमा । नाजिरलाई बग्गीमा राख्दा केकी डोलीमा लजाइरहेकी थिइन्। यो दृष्य हो मैथली भाषामा समेत निर्माण भएको चलचित्र राज्जा रानीको प्रिमियर शो मा । आजदेखि देशभर प्रदर्शनमा आएको चलचित्र राज्जा रानी मैथली भाषामा समेत निर्माण भएको छ। मैथली जातीको बाहुल्यता रहेको जनकपुर पुगेका केकी र नाजिरलाई जानकी मन्दिरबाट उत्सवका साथ डोली र बग्गीमा चढाएर हलसम्म लगिएको थियो। पटक नायक नायिकालाई यसरी सम्मान गरेको यो सम्भव त नेपालमै पहिलो पटक हो।

मधेशको कथा र धरातलमाथि बनेको चलचित्रले ‘तराईमा प्रचलित दाइजो प्रथाको विषयलाई उठान गरेको छ। यम थापाले निर्देशन गरेको यो चलचित्रमा नाजिर र केकीले प्रेमिका र प्रेमीको भूमिका निर्वाह गरेका छन्।

????????????????????????????????????

    Comment Here!


सम्बन्धित समाचार