कपिल शर्मा फेरि टेलिभिजनमा फर्किने, सुनील ग्रोवर के गर्लान्रु

2018-01-09 14:33

एजेन्सी। चर्चित कमेडियन कपिल शर्माको फिल्म ‘फिरंगी’ फ्पल भएपनि कपिलको आत्मविश्वास भने कम भएको छैन। कपिल शर्माबारेमा केही दिन यता फेरि टेलिभिजनमा आउने चर्चा चलिरहेको छ। कपिलले पनि आफू सानो पर्दामा चाँडै आउने बताएका थिए। भारतीय संचारमाध्यमका अनुसार कपिलले सामाजिक संजालमा एउटा भिडियो पोष्ट गरेका छन्। कपिलले सो भिडियोमा कपिल पुरानै स्वरुपमा देखिएका छन्। कपिल शर्मा आफ्नो शो ‘कमेडी नाइट विथ कपिल’ मा आरोडा साहबको भूमिका निर्वाह गर्थे। सामाजिक संजालमा पनि आरोडा साहबको भूमिका भएको एक फनी भिडियो पोष्ट गरेका छन्। सो भिडियो हेरेका आधारमा संचार माध्यमले कपिल चाँडै टेलिभिजनमा आउने अनुमान गरेका छन्।

गत वर्ष कपिलकालागि निराशाजनक रह्यो। कपिलका साथी सुनील ग्रोवरसँग झगडा भयो। सो झगडापछि सुनीलले कपिलको शो छोडे। योसँग टेलिजिनको रेटिङ घट्यो। त्यसपछि कपिल स्वयं विरामी भए। यस्ता धेरै कारणबीच उनले आफ्नो शो बन्द गरे। त्यसपछि कपिल शर्माको फिल्म ‘फिरंगी’ नराम्रोसँग फ्लप भयो। सो फिल्मले लगानी पनि उठाउन सकेन। यसैबीचमा कपिल फेरि सानो पर्दामा फर्किने चर्चा चल्न थालेको छ। यदि कपिल फेरि सानो पर्दामा फर्किए भने सुनील साथमा आउँछन् की आउँदैनन् त्यो भने हेर्न बाँकी छ।

    Comment Here!


सम्बन्धित समाचार