अमेरिकाले जिल खायो : उत्तर र दक्षिण कोरियाबीच वार्ता सुरु !

2018-01-09 11:08

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । पछिल्लो दुई वर्षमा पहिलो पटक दुई कोरियाबीच वार्ता भएको हो । उत्तर र दक्षिण कोरियाको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा वार्ता भएको छ । यो वार्तामा २०१८ को शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताबारे छलफल हुनेछ । शीतकालीन ओलम्पिक दक्षिण कोरियामा हुँदैछ । वार्तामा दुई देशको सम्वन्ध सुधारबारे पनि कुराकानी हुने दक्षिण कोरियाले बताएको छ । दुई छिमेकी मुलुकबीचको युद्ध हेरेर रमाई रहेको अमेरिका भने यो घटनामा जिल खाएको छ । अब दुई कोरिया कहिलै मिल्नै सक्दैनन् भन्ने सोचेको अमेरिका अचम्ममा परेको छ ।

    Comment Here!


सम्बन्धित समाचार